
धनुषाको महेन्द्रनगरस्थित नेपाल आयल निगमले आइतबार स्थापनाको ५२औँ वार्षिकोत्सव सम्पन्न गरेको छ। डिपोले “रक्त दान ,जीवन दान “को भावना अनुरुप रक्तसंचार सेवा धनुषाको समन्वयमा रक्तदान कार्य सम्पन्न भएको हो ।
रगतको कमिले मानिसहरुको अकालमा ज्यान गइरहेको भन्दै आयल निगमको यस कार्यक्रमले केही हदसम्म यसको रोकथाम गर्न सहयोग पुग्ने भन्दै वार्षिकोत्सवमा रक्तदान कार्यक्रम संचालन गरेको डिपो प्रमुख टिका
जङ्ग थापाले जनाएका छन् ।
तीन- तीन महिनामा रक्तदान गर्न चिकित्सकको सल्लाह हुने हुँदा हामिले यस्ता कार्यक्रम संचालन गर्नु सबैका लागि लाभदायक हुने भन्दै थापाले रक्तदान गर्नेहरुलाई प्रसंशा-पत्र समेत प्रदान गरेका छन् ।
पहिले रेडक्रसले मात्र यस्ता रक्तदान कार्यक्रम गर्ने गरेको तर अहिले ब्यक्ती समुदायले रक्तदानको महत्त्व बुझ्दै जाँदा यस्तो कार्यक्रम सामुदायिक स्तरबाट हुँदै गएको रक्त संचार सेवा धनुषाका प्रयोगशाला प्रमुख नारायण न्यौपानेले जनाए ।
डिपोको भौतिक संरचनामा उल्लेखनीय सुधार
नेपाल अायल निगम लिमिटेड इन्धन डिपो शाखा महेन्द्रनगरमा बिगतको दाँजोमा उल्लेखनीय सुधार भएको कर्मचारीले जनाएका छन् । बिगतमा प्रवेशद्वार ब्यबस्थित नहुदा इन्धनको सुरक्षा ब्यबस्थापनमा प्रभावकारिता आउन सकेको थियन ।करिब करिब लथालिङ्ग अबस्थामा रहेको डिपोमा थापाको आवागम पश्चात् केही हदसम्म ब्यवस्थित भएको निगमका कर्मचारीले बताएका छन् । थापाले इन्धनको सुरक्षा चुनौतीको मध्यनजर गर्दै प्रबेशद्वार तथा भित्रपट्टि पिसिसी ढलान गरेका हुन् ।त्यस्तै , इन्धनको माग र आपूर्तिको अबस्था अनुरुप आयल निगमको आपूर्तिमा कुनै समस्या आउन नदिने बताएका छन् ।