धनुषाको महेन्द्रनगरस्थित मोडल मन्टेश्वरी स्कुलमा नगर स्तरीय हाजिरजवाफ प्रतियोगिता २०८२ उद्घाटन गरिएको छ । क्षिरेश्वनाथ नगरपालिकाका नगर प्रमुख सुखदेब यादवको प्रमुख आतिथ्यतामा नगर प्याब्सनको आयोजनामा सो प्रतियोगिताको उद्घाटन गरिएको हो ।
कार्यक्रममा नगर भित्रका विभिन्न सामुदायिक तथा निजी विद्यालयहरूको सक्रिय सहभागिता रहेको थियो । नगर प्याब्सनका अध्यक्ष महेश महतोका अनुसार प्रतियोगितामा माध्यमिक तह (माबी) का ४ निजी र ३ सामुदायिक विद्यालय, निम्न माध्यमिक तह (निमाबी) का ७ विद्यालय तथा प्रारम्भिक तह (प्राबी) अन्तर्गत १२ विद्यालय सहभागी भएका छन् ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा प्याब्सनका पूर्व प्रदेश जेपी कुशवाहा, जिल्ला सदस्य सुजित कापरी, जिल्ला सदस्य कृष्ण लामा, नगर अध्यक्ष महेश महतो, विद्यालयका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।



