रोहित खनाल महेन्द्रनगर ।
धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–६ मा रहेको राजकुमार मोबाइल पसलको सटरको ताला फोडी सामान चोरी गर्ने ब्यक्ति पक्राउ परेका छन् ।
पक्राउ परेकामध्ये गणेशमान चारनाथ–७ का अन्दाजी २० वर्षीय अर्जुन मुखिया, सोही वडाका अन्दाजी १९ वर्षीय सेकेन्दर पासवान र गणेशमान चारनाथ–५ का अन्दाजी २२ वर्षीय कृष्ण मण्डल रहेका छन्।
उनिहरुले मोबाइल सेट ४५ थान, ड्रोन क्यामेरा २ थान, टेम्पर्ड ग्लास ५ डब्बा, देवाल घडी ५ थान, हाते घडी १५५ थान, टर्च ६ थान र नगद रु. ९८,७६५ गरी करिब रु. १०,००,००० बराबरको समान चोरी गरेका थिए ।पसलमा जडान गरिएको सिसीटिभी फुटेजको सहायताले पक्राउ गरिएको हो ।
पक्राउ परेकाको साथबाट विभिन्न कम्पनीका १२ थान मोबाइल (एन्ड्रोइड र बटन सेट), घडी, क्यामेरा स्ट्यान्ड, मोबाइल चार्जर, ग्लास, लेन्स लगायतका सामान बरामद गरिएको छ। उनीहरूविरुद्ध चोरी तथा डाका सम्बन्धी कसूर मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका ढल्केवरको प्रहरी निरीक्षक जाटाशंकर यादवले जानकारी दिएका छन्।



