सबैला पेटरवामा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  |

धनुषा, असार १३ – सबैला नगरपालिका–४ पेटरवा स्थित वडा कार्यालयमा शनिबार एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। सबैला नगरपालिका वडा नं ४ को वडा अध्यक्ष सत्यनारायण यादव को अध्यक्षता तथा बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. बृज मोहन रजकको प्रमुख अतिथ्यातामा    संचालित शिबिरमा करिब २ सय अधिकले स्वास्थ्य परिक्षण गरि  सेवा लिएका छन् ।

शिविर नैना हस्पिटल प्रा.लि. एण्ड दिव्या क्लिनिकको सहकार्यमा संचालन भएको हो ।

शिबिरमा बोल्दै बरिस्ठ डा रजकले  महिला  हरुमा  जनचेतनाको कमिले समयमा उपचार नपाउदा ज्यान जोखिममा हुने हुदा यस्ता समस्याको निराकरण गर्न शिबिर संचालन गरिएको बताए ।उनले समयमा उपचार गर्दा महिलाहरुमा देखिने पाठेघरको समस्या निराकरण गर्न मद्दत पुग्ने बताए ।

वडा अध्यक्ष यादवले गाउँका धेरै नागरिकले रोग लाग्दा समेत  आर्थिक अवस्था कमजोर भएकै कारण स्वास्थ्य परीक्षण गराउन नसक्ने गरेको बताएका छन्। उनका अनुसार यस्ता समस्यालाई ध्यानमा राख्दै वडा कार्यालयले समय–समयमा निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने गरेको छ।

शिविरमा स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण समेत गरिएको थियो।
स्थानीयवासीहरू शिविरबाट  निकै लाभान्वित भएको  जनाएका  छन्। आयोजक संस्थाले  यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकहरूलाई स्वास्थ्य सेवा सजिलै प्राप्त गर्न सहयोग पुर्‍याउने बताए ।

कार्यक्रममा नैना हस्पिटल प्रा.लि. र दिव्या क्लिनिकका ल्याब प्रमुख सरोज यादवले यस्ता स्वास्थ्य शिविरहरू आफूहरूले पटक–पटक आयोजना गर्दै आएको उल्लेख गरे । उनले आगामी दिनहरूमा पनि निरन्तर स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

शिबिरमा   महिलाहरुको पाठेघर खस्ने ,सेतो पानी बग्ने ,महिना वारि लगाएता समस्या  सम्बन्धि  उपचार गरिएको थियो ।

कार्यक्रमा विशिष्ट अतिथि जेनरल सर्जन डा अस्मिता कनोजीया रजक सबैला नगरपालिका वडा नं ४का वडा अध्यक्ष सत्यनारायण यादव वडा सदस्यहरु ज्ञान वरदान इंग्लिश बोर्डिङ स्कुल का प्रिन्सिपल गणेश यादव , ज्ञान वरदान इंग्लिश बोर्डिङ स्कुल का संस्थापक झगरु यादव , दिव्ये क्लिनिक का संचालक उमेश राउत , हंसपुर नगरपालिका का ल्याब प्रमुख शंकर महतो नैना अस्पताल का ल्याब प्रमुख सरोज यादव बुद्धिजीवी समाजसेवि स्थानीयहरुको  उपस्थिति रहेको थियो।