
क्षीरेश्वरनाथ नगर प्याब्सनद्वारा आयाेजित दुई दिने नगर स्तरीय हाजिरी जबाफ प्रतियोगिताशुक्रबार सम्पन्न भएको छ । नगर अध्यक्ष महेश महताेको अध्यक्षता तथा क्षीरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर भित्रका बिद्यालयहरुको सहभागीतामा मोडेल मन्टेश्वरी स्कुलको प्राङ्गणमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा माध्यमिक, निम्न माध्यमिक र प्राथमिक गरी तीन विधामा प्रतिस्पर्धा गराइएको थियो । माध्यमिक तहमा मा. वि. दर्शनिया रामेश्वर सिंह कुशवाहा एकेडेमी प्रथम, गंगाेत्री सेकेन्ड्री ई. बाे. स्कुल दाेस्राे, मा. वि. दिगम्बरपुर तेस्रो र मा. वि. ईच्छापुरले सन्त्वना स्थान हासिल गरेका छन् ।
त्यस्तै, निम्न माध्यमिक तहमा दर्शनिया रामेश्वर सिंह कुशवाहा एकेडेमी प्रथम, गंगाेत्री सेकेन्ड्री ई. बाे. स्कुल दाेस्राे, न्यू पारिजात एजुकेशनल एकेडेमी तेस्रो र सिस्टमेटिक सेकेन्ड्री ई. बाे. स्कुलले सन्त्वना स्थान प्राप्त गरे ।
प्राथमिक तहमा पनि मा. वि. दर्शनिया रामेश्वर सिंह कुशवाहा एकेडेमीले प्रथम स्थान प्राप्त गर्दा जनकलली ई. बाे. स्कुल दाेस्राे, गंगाेत्री सेकेन्ड्री ई. बाे. स्कुल तेस्रो र रुबिज सेकेन्ड्री स्कुलले सन्त्वना स्थान हात पारे ।
साे कार्यक्रममा शिक्षा शाखा प्रमुख दिपक खत्री,प्याब्सनका निवर्तमान केन्द्रीय सदस्य नरेन्द्र शर्मा , निवर्तमान मधेस प्रदेश उपाध्यक्ष जगदीश प्रसाद सिंह, वडा नं. ६ का वडा अध्यक्ष बिनाेद प्रसाद गुप्ता एवम् वडा नं. ८ का वडा अध्यक्ष माेद कुमार महतो लगाएत ब्याब्सन र बिद्यालयका प्रतिनिधिको सहभागीता रहेको थियो ।