Deprecated: PragmaRX\Recovery\Recovery::__construct(): Implicitly marking parameter $random as nullable is deprecated, the explicit nullable type must be used instead in /home/enewsofnation/public_html/wp-content/plugins/sg-security/vendor/pragmarx/recovery/src/Recovery.php on line 28
मन्त्रीका सुरक्षामा खटिएका प्रहरी भन्छन ,-सशस्त्र र अनुसन्धानका ब्यक्तीले नै हाम्रो बन्दुक खोस्न खोजे । | eNews of Nation

मन्त्रीका सुरक्षामा खटिएका प्रहरी भन्छन ,-सशस्त्र र अनुसन्धानका ब्यक्तीले नै हाम्रो बन्दुक खोस्न खोजे ।

  |

 

जिल्लाको बलरा नगरपालिका-९ अचलगढमा कांग्रेसको वडा अधिवेशनस्थलमा गोली चलेको छ।

पार्टीका दुई समूहबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। आइतबार दिउँसो अधिवेशन चलिरहेको समयमा कांग्रेस नेता एवं प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह त्यहाँ पुगेका बेला कांग्रेस नेता एवं सर्लाही क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य डा अमरेश कुमार सिंह र प्रदेश सरकारका मन्त्री वीरेन्द्र प्रसाद सिंहका कार्यकर्ताबीच हात हालाहाल भएको थियो।

कसरी भयो त ?

सांसद डा. अमरेस  कुमार  सिंह सगै आएका सशस्त्र प्रहरी जवान र अनुसन्धानका ब्यक्तीले हतियार खोस्न जाँदा  आफ्नो सुरक्षार्थ नेपाल प्रहरीका जवानले जवाफी हवाइ फायर गरेको एक गोप्य श्रोतले जानकारी गराएको छ ।

सांसद अम्रेस कुमार सिंहका पक्षले एक होरो रुपमा मत दिन लागेको भन्दै मन्त्री पक्षले बिरोध गरेका थिए ।यता, मन्त्रीको संख्या अमरेस सिंहको भन्दा कम रहेको हुँदा एक्कासी आक्रमण गरेको मन्त्री पक्षकाको आरोप छ ।

‘ मन्त्रीमाथी भाला , भाटा र रड सहित केही जना हामी माथी दौडिय ,हामी सुरक्षा प्रदान गर्ने ब्यक्ती भएकाले  उहाँलाई सुरक्षा दिन पुर्ण तयारी गरौ तर दुरभाग्य  बस उहाँमाथि आक्रमण भयो ।हाम्रा एक जना साथी माथी पहिले सशस्त्रका जवानले आक्रमण गरे अझ  उनलाई साथ दिन अनुसन्धानका साथी समेत लागे र हातियार खोस्न लाग्दा  हामिले उनिहरु प्रती  प्रतिकार गरेका हौ ‘मन्त्रीका सुरक्षामा खतिएका एक सुरक्षा कर्मीले भने ।

घटाना पश्चात् त्यस ठाउमा सयौंको संख्यामा सुरक्षाकर्मी आएका थिए ।

यता , टाउको मा गम्भीर चोट लागेका  विवादका क्रममा घाइते भएका  अंगरक्षक प्रहरी हवल्दार रामचन्द्र खङ्ग र सहयोगी रामचन्द्र महतोलाई   मलङ्गवामा उपचार हुन कठिनाइ भए पछि  थप उपचारार्थ  भोलि बिहान बिरगंज लगिने भएको छ ।