भङ्गहा नगरपालिकामा नेकपा माओवादीको उम्मेदवारी भित्र असन्तुष्टि चुलिएको छ । कसलाई मेयर तथा उपमेयरको टिकट दिने भन्ने बारे अन्योल बढे सँगै असन्तुष्टि चुलिएको हो ।सोमबार बसेको बैठकमा सहमति नमिले पछि स्थानीय तह निर्वाचनको हेतु नेकपा माओवादीले उम्मेदवारको नामावलि प्रदेश बैठकमा सिफारिस गरेको छ ।
बद्री यादवको अध्यक्षता तथा माओवादीका केन्द्रिय सल्लाहकार सदस्य लालबाबू यादबको बिशेष अतिथ्यतामा बसेको बैठकले मेयरका लागि बद्री यादब , अशोक यादब, राजनारायण रायलाई दाबेदार सिफारिस गरेको छ ।
यता, उपमेयर पदका लागि पुनम सिंह र रेखा कुमारी यादवलाई सिफारिस गरिएको छ । मेयर तर्फ बद्री यादव मजबुत देखिएका छन् ।त्यस्तै दोश्रोमा अशोक यादव छन् ।उप -मेयर तर्फ भने पुनम सिंह मजबुत रहेको पार्टी निकटले जनाएका छन् ।
बैठकले सर्बसम्मतीमा निर्णय लिन नसके पछि सिफारिसका लागि पठाइएको जनाइएको छ ।