शिक्षक श्रवणकुमार महतो वटेश्वर गाउँपालिकाको अध्यक्षपदका लागि आकांक्षी उम्मेदवार

  |

धनुषाको बटेश्वर गाउँपालिका-२ निवासी कार्तिक कुमार सन साइन बोर्डिङ स्कुलका प्रिन्सिपल श्रवणकुमार महतो आगामी स्थानीय तह निर्वाचनमा बटेश्वर गाउँपालिकाको  अध्यक्षपदका लागि रास्वपाबाट दाबेदार आकांक्षी देखिने भएका छन्।

४५ वर्षीय महतो सामाजिक, शैक्षिक तथा सामाजिक रूपान्तरणका अभियानमा सक्रिय रहँदै आएका छन्। विगत २१ वर्षदेखि शिक्षा क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएका महतोसँग शैक्षिक व्यवस्थापन र सामाजिक नेतृत्वको समृद्ध अनुभव रहेको छ।

उनी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) धनुषाका जिल्ला कोषाध्यक्ष हुनुका साथै अन्य सामाजिक तथा वर्गीय संघ-संस्थामा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। उनले ओबिसी (OBC) संगठनका जिल्ला अध्यक्षको जिम्मेवारी निर्वाहा गरिसकेका छन् ।

भ्रष्टाचार विरोधी अभियान तथा लागूऔषध दुर्व्यसनीविरुद्धका बिभिन्न सामाजिक अभियानहरूमा अगुवाइ गर्दै आएका महतोले बटेश्वर गाउँपालिकालाई समृद्ध, शिक्षित र भ्रष्टाचारमुक्त बनाउने मुख्य एजेन्डासहित चुनावी मैदानमा उत्रिने बताएका छन्।

स्थानीय तहमा शैक्षिक सुधार, युवा सशक्तिकरण, दुर्व्यसनमुक्त समाज निर्माण र पारदर्शी शासन व्यवस्था कायम गर्नु आफ्नो मुख्य प्राथमिकता रहने उनको भनाइ छ।