घर फर्कदै गरेका महेन्द्रनगरका युबक माथी बाटोमा लुटेराको आक्रमण

धनुषा-  धनुषाको क्षीरेश्वरनाथको हारसरमा अज्ञात समूह द्वारा महेन्द्रनगरका बसन्त यादवलाई हातहतियार सहित कुटपीट गर्दै लुटपाट गरेर फरार भएको छ ।
मिथिला बिहारी नगरपालिका तारापट्टि बाट घर फर्किने क्रममा क्षिरेश्वरनाथ नगरपालिका वडा नं १० हारसर स्थित ५-७ जनाको समुहमा रहेको लुटेराहरुकाे समूहले महेन्द्रनगरका ३२ वर्षीय बसन्त यादवमाथि आक्रमण गर्दै लुटपाट गरेको हो ।

उनलाई डाइगर ,सकर,चक्कु लगायतका हातहतियारले घाँटीमा छुरा हान्न खोज्दा प्रतिकार गरेर हल्ला गरेपछि  खेतमा काम गर्ने महिलाहरु देखेर  बचाउन आएपछि उनिहरु फरार भएका थिए ।यादवको साथबाट उनिहरुले मोबाईल फोन सेट, पोकेटमा भएका पैसा सबै लुटेर लगेको घाईते यादवले बताए । यादवको अहिले उपचार महेन्द्रनगर स्थित स्थानीय क्लिनिकमा भइरहेको छ ।

<span;>•