महेन्द्रनगरको क्षिरेश्वरनाथ सेन्ट्रल हस्पिटल एण्ड डाइग्नोसिस सेन्टरले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
महेन्द्रनगर ,धनुषा /
धनुषाको महेन्द्रनगर स्थित रहेको एक प्रतिष्ठित अस्पतालले ठूलो संख्यामा कर्मचारी मागेको छ । महेन्द्रनगरको क्षिरेश्वरनाथ-५मा रहेको क्षिरेश्वरनाथ सेन्ट्रल हस्पिटल एण्ड डाइग्नोसिस सेन्ट्रल प्रा.लि.ले विभिन्न तह तथा बिभागका कर्मचारी मागेको छ ।जसमा (AHW ) ल्याब टेक्निसियन ,स्टाफ नर्स,एक्सरे,डाक्टर, गार्ड,स्विपर साथै बिभागप्रमुख मेनेजरको आबेदन मागेको छ ।
माग आवश्यक संख्या र पद यस प्रकार छन् :
डक्टर:१ जना
नर्स -४ जना (पहिले काम गरेको अनुभवी )
एच .ए. (H.A) -२ जना
सुरक्षा गार्ड -२ जना
रिपसेप्सनिस्ट:१ (महिला)
स्विपर:२जना
एक्सरे गर्ने :१ जना
अहेव (AHW) :१जना
म्यानेजर :१जना
ल्याब टेक्निसियन :१जना
मार्केटिङका लागि :१जना ( स्वास्थ्य विषय सबन्धी अध्यान गरेको )
अस्पतालले विशेष गरि स्थानीयलाई प्राथमिकता दिने जनाएको छ ।आवेदन मिति भोलि शुक्रबार देखि एक हप्ता रहेको छ । महेन्द्रनगरको नेपाली सेनाको ब्यारेक नजिक रहेको यस अस्पतालले गरिब दुखी असाहयको लागि बिशेष छुट समेत दिने गरेको अस्पतालका प्रमुख उमेश जैसवालले जानकारी दिएका छन् । यस अस्पताल महेन्द्रनगरमा पुर्ण रुपमा भौतिक सुबिधासम्पन्न पहिलो अस्पताल हो ।