एजेन्सी : सुन एक बहुमूल्य धातु भएकाले यसको महत्व संसारभरि नै छ। नेपालमा पनि सुनका गहना लगाउने प्रचलन धेरै भएकाले सुनलाई विशेष महत्व दिइन्छ । सुनलाई नचिन्ने नजान्ने कोही छैन् । तर सुनसँग सम्बन्धित केही रोचक तथ्यहरू छन् । जसबारे हामी धेरै जानकार नहुन सक्छौं हेनोंस् सुनबारे केही रोचक जानकारी जुनहामीलाई थाहा नहुन सक्छ।
समुद्रमा यतिधेरे सुन छकी समुद्रको सबै सुन निकाल्ने हो भने पृथ्वीका प्रत्येक व्यक्तिलाई चार किलोका दरले भाग लगाउँन पुग्छ।
पृथ्वीको सबैभन्दा भित्री भागमा धेरे सुन छ । पृथ्वीको आकार निर्माण भइरहॅँदा सुन पृथ्वीको भित्र भासिदै गएको वैज्ञानिकहरु बताउँछन्।
युएईको दुवै शहरमा यस्तो एटीएम छ,जहाँबाट पैसा निकाले जस्तो सुनका टुक्रा निकाल्न सकिन्छ।
मान्छेको शरीरमा दुई मिलीग्राम सुन हुन्छ । धेरै जसो सुनको मात्रा रगतमा हुन्छ।
संसारमा सबैभन्दा बढी सुनका गहना भारतीय महिलाले लगाउँछन् । सबै भारतीय महिलाको सुन मिलाउँंदा त्यो विश्वमा
भएको सुनको ११ प्रतिशत हुन्छ। ओलम्पिकको स्वर्ण पदकमा एक प्रतिशत सुन मिसाइएको हुन्छ।