क्षिरेश्वरनाथ नगरपालिकामा शून्य बजेटको अवस्थामा रहेको भन्ने सूचना भ्रामक

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा शून्य बजेटको अवस्थामा रहेको भन्ने सूचना भ्रामक पाइएको छ। भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह बजेट अपडेट प्रणाली अनुसार, क्षिरेश्वरनाथ नगरपालिकाले चालू आर्थिक वर्ष २०८३/८४ का लागि २०८३ असार ३ गते बुधबार का दिन आफ्नो वार्षिक बजेट नगरसभामा पेस गरेको देखिएको छ ।

नगरपालिकाले बजेट पेस मात्र नगरी त्यसलाई विस्तृत छलफल सहित २०८३ असार १९ गते नै नगरसभाबाट पारित गराएको समेत उक्त वेबसाइटमा देखिएको हो।

धनुषाका कुल १८ स्थानीय तहमध्ये विदेह र कमला नगरपालिका बाहेक १६ वटा तहले बजेट पेस गरिसकेका छन्।