भारतीय सेनाका कर्णेल सहित ठूलो संख्यामा सैनिकहरुको मृत्यु

  |

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विद्रोही समूहले थापेको एम्बुसमा परेर भारतीय सेनाका कर्णेलसहित चार सैनिकको मृत्यु भएको छ । ४६ आसाम राइफल्सका कमाण्डिङ अफिसर रहेका विप्लव त्रिपाठीसँगै उनकी पत्नी र छोराको पनि मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

चराचनपुर जिल्लामा शुक्रबार उक्त घटना भएको बताएको छ ।
आक्रमणको जिम्मा अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । यद्यपि मणिपुर राज्यमा सक्रिय रहेका स्थानीय लडाकूले सो घटना गरेको हुनसक्ने आकलन गरिएको छ ।
केही सञ्चार माध्यमहरूले मणिपुर राज्यमा सक्रिय रहेको पिपुल्स लिबरेसन आर्मीले सो आक्रमण गराएको हुनसक्ने दाबी गरेका छन् । घटनापछि प्रहरीले यसबारे छानबिन गर्नेसमेत बताएको छ । यस क्षेत्रमा सशस्त्र भूमिगत समूहहरू केही वर्षयता सक्रिय रहँदैआएका छन् ।