धनुषाको नक्टाझिझमा ट्रयाक्टरमा च्यापिएर एक चालकको मृत्यू भएको छ ।
आज शुक्रबार करिब ८ बजे को समयमा बालुवा लोड गरि अन्लोड गर्ने बेला एक्कासी ट्याक्टर उतानो पल्टेर दुर्घटना भएको हो
धुनषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ बस्ने अन्दाजी बर्ष २५ को चालक चेतन महतोको च्यापिएर मृत्यू भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
। ट्याक्टर पुरानो रहेको र ट्याक्टरको भार भन्दा आधिक लोड भै दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
मृत्यु हुने चालक आफै रहेको प्ररम्भिक अनुसन्धान बाट खुलेको छ ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) तीलक सुनारका अनुसार ट्याक्टरलाई हिरासतमा राखिएको र मृतकलाई पोस्ट मार्टमका लागि प्रदेशिक अस्पताल जनकपुर लगिएको छ ।