क्वार्टरमा कोइला बालेर आगो ताप्दा परिवारको चारजनाको मृत्यु

  |

भेरी अस्पताल नेपालगन्जको क्वार्टरमा बस्दै आएका
२३ वर्षीय धर्मप्रसाद भट्टराईसहित उनको परिवारका ४
जना बिहीबार बिहान मृत फेला परेका छन् । तीन जना
बेहोस अवस्थामा भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक
खिमबहादुर घर्ति मगरका अनुसार चिसोबाट
बचभट्राई परिवारले क्वार्टरमा कोइला बालेर आगो
तापेका थिए।
आगोको धुँवाले निसास्सिएर भेरी अस्पतालमा
कार्यालय सहयोगीको रुपमा कार्यरत भट्टराई, उनका ३
महिनाको छोरा इप्सन भट्टराई, सासु ४३ वर्षीया
कोकिला भटटराई, धर्मप्रसादकी जेठानी दिदी नाता पन्ने
कोली भट्टराईको मृत्यु भएको हो।
बेहोस अवस्थामा रहेकानरेन्द्रप्रसाद भट्टराईसहित अन्य
३ जनाको भेरी अस्पतालको आकस्मिककक्षमा उपचार
भइरहेको छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बिहीबार भट्टराईका आफन्तहरु आएका थिए। उनीहरु
एउटै कोठामा सुतेका थिए।