शान्तिपुर स्थिति सानाकिसान कृषि सहकारी संस्थाको सधारण सभा सम्पन्न

  |

smart

smart

धनुषाको शान्तिपुरस्थित रहेको  साना किसान कृषि सहकारी संस्था लिमिटेडकाे १९  औं साधारण सभा कार्यक्रम भब्यताका साथ  सम्पन्न भएको छ ।

धनुषाको  बटेश्वर गाउँपालिका वडा नं. ५ शान्तिपुर स्थित
साना किसान कृषि सहकारी संस्था लिमिटेडको १९औं वार्षिक साधारण सभा कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

स्थापनको  १९ औं वर्ष पुरा गरी २० अा‌ैं वर्षमा प्रवेश गरे सँगै   साना किसान कृषि सहकारी संस्था लिमिटेडले  सदा बर्ष झै आज साधारण सभा सम्पन्न गरेको हो ।

अनिरुध मन्डलको अध्यक्षता तथा प्रमुख अतिथिका रुपमा  साना किसान लघुवित वितिय संस्था केन्द्रिय  सदस्य रवीन्द्र यादब साथै गाउपालिकाका प्रमुख डम्बर बहादुर राउतको  उपस्थितमा कार्यक्रम उक्त सभा सप्पन्न भएको हो ।

साना किसान लघुवित वितिय संस्था केन्द्रिय  सदस्य रवीन्द्र यादबले शेयरधनीहरु नै सहकारीको सबैभन्दा ठुलो हिस्सा रहेको  जनाउँदै किसानहरुका समृद्धि र विकाशका लागि हातेमालो गर्दै अघि बढ्नु पर्ने कुरामा उनले  जोड दिएका थिए भने
सहकारी संस्था मार्फत देशमा गरिबी निवारणमा उल्लेखनीय सहयोग पुगेको  उनले जानकारी दिए ।

कतिपय सहकारी संस्था समेत  आफ्नो स्तरबाट उठन नसकेको कमजोरी जनाउदै अरुको दाजोमा यस सहकारीले अधिक प्रगति गरेको  उनले  जानकारी  दिएका छन् ।

सहकारी संस्थाहरुले स्थानीय कृषि पेशामा आवद्ध कृषकहरुका लागि लगानीमा जोड दिनुपर्ने जनाउदै  यसका लागि सहकारी संस्थाको योगदान महत्वपूर्ण रहेको समेत  यादबले जनाए ।

 

नेपाल  कृषि सहकारी सघंका केन्द्रिय सदस्य राम कुमार महताेले प्रतेक महिलामा नेतृत्वदायिक भुमिका हुनुपर्ने बताएका छन् ।पहिले घाँस दाउरा गर्ने महिलापनि  गाउँघरका महिला पनि सहकारिको शेयरधानी अर्थात मालिक हुन पुगेको भन्दै प्रगतीको शिखर पुग्दै गरेको  जानकारी दिएका छन् ।

उनले आफ्नो परिश्रमको बचत सहकारीमा राख्दा आफुले पनि सहकारीबाट कसरी फाईदा लिन सकिन्छ त्यसबारे पनि चासो देखाउनु पर्ने भन्दै सचेत हुन आग्रह गरेका छन्  ।

साथै सहकारीले सदैव  शेयरधनीको हकहितकै लागी काम गरेको जानकारी दिएका छन्  ।
सानाकिसान कृषि सहकारी शान्तिपुरका मुख्य प्रबन्धक गिता सिंहका अनुसार यस सहकारी मुख्य उदेश्य तरकारी खेती रहेको बताएकी छिन्  । सहकारी संस्थाबाट धेरै मानिसलाई सहयोग पुगिरहेको समेत उनले  जानकारी दिएकि छन।

सहकारी संस्थाबाट महिला सदस्यहरुकाे आर्थिक स्थिति धेरै सुधार भएको समेत उनले  जिकिर गरेकि हुन।

उक्त अवसरमा संस्थाका आर्थिक वर्षमा २०७७/०७८ मा मंसिरसम्मका नाफा ६८ लाख ७० भएको गिता सिहंले जनाए ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड शान्तिपुरका मुख्य प्रबन्धक गिता सिहंले आर्थिक  वर्षको आम्दानी खर्च प्रस्तुत समेत प्रस्तुत गरेकी छन।

आ.व. २०७७/०७८ को वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न  भए सगै किसानहरुका समृद्धि र विकाशका लागि हातेमालो गर्दै अघि बढ्नु पर्ने कुरामा उनले  जोड दिइन ।

मुख्य प्रबन्धक गिता सिहंले संस्थाले सहुलियत दरमा मलखाद, विउविजन वितरण गर्दै आएको उनले  बताइन् ।

” यो सहाकारी शेयर धनीहरुको हो ,यो बचतको मर्फत वा ऋणको मार्फत बाट उनिहरुमै जान्छ ,नाफा पनि लाभन्शको रुपमा शेयर धनी किसान नजिक पुग्ने हुँदा यो कृषको सहकारी हो “मुख्य प्रबन्धक गिता सिंहले भनिन ।

साे कार्यक्रममा बटेस्वर गाउँ पालिकाका प्रमुख डम्बर बहादुर राउतले सहाकरीको बिकासमा आफ्नो सहयोग सधै हुने भन्दै  पनि आफ्नो  मन्तव्य  राखेका थिए ।

गाउँ पालिका प्रमुख डम्बर बहादुर राउतले वडा अध्यक्ष ,संस्थाका प्रबन्धकहरुको उपस्थितमा विभिन्न अथितिलाइ दौशल्ला ओडायर सम्मान गरिएको थियो ।

जग्गा दाता स्वर्गिय तेज नारायण सिंहकाे श्रीमती रणिया देवि सिंहलाई पनि दाेसला  अाेढाएर समान गरिएको  थियो ।

उक्त कार्यक्रममा विभिन्न सहकारी संस्थाका प्रबन्धकहरु वडाअध्यक्ष जनप्रतिनिधि , स्थानीय  तथा संस्थाका संचालक समिति, शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।