जनप्रतिनिधि र कर्मचारीबिचको बैचारिक द्वन्दले धनुषाको कमला नगरपालिकाको कामकाज ठप्प

  |

न्युज अफ नेसन /महेन्द्रनगर                              धनुषाको कमला नगरपालिकामा जनप्रतिनिधि र कर्मचारी सन्यन्त्र बिचको आन्तरिक बैचारिक द्वन्दले नगरपालिकाको कामकाज ठप्प भएको छ ।मेयर रामउदगार गोइत र प्रमुख प्रशासकीय अधिकृत सुबोध ठाकुर बिचको असमझदारीले गर्दा  नगरपालिकाको गतिविधि ठप्प भएको हो ।

 

पुस १४ गते किसानले उपभोक्त समितीको धरौटीको रकम फिर्ता नपाएको भन्दै तालाबन्दी गरेका थिए ।  पुनः १५ गते देखि समस्याको समाधान नभएको भन्दै किसानहरुले अनिश्चितकालिन तालाबन्दी नै गरे । यता,सिके राउतको जनमत पार्टीको कार्यकर्ताले पनि खाद्यमलको समस्या भन्दै अर्को माग अघि सारे ।यहि माग र धरौटीको कुराले नै तेर्सायो नगरपालिकामा बन्दीको माहोल !

बिबादको समाधान गर्नु भन्दा एक अर्का प्रती दोषारोपण बिच रुमेलिएको नगरपालिकाको गतिविधिले जन्तामा नैराश्यता पैदा भएको छ ।लामो समय हुन लाग्दा समेत सामधान आउन नसके पछि यो समस्याले लामो समय लिन सक्ने स्थानीयले बताएका छन् ।

किन भयो त असमझदारी ?

मेयरले प्रमुख प्रशासकिय प्रमुख सुबोध ठाकुरले धरौटी रकम फिर्ता गर्न चासो नदेखाएको आरोप लगाएका छन्  । न्युज अफ नेसन सँगको सम्बादमा मेयरले भने ,’ उहाँदोहोरो काज गर्दै हुनुहुन्छ ,जिल्ला समन्वय समितीको प्रशासन पनि हेर्ने अनि नगरपालिकाको प्रशासन पनि हेर्ने?,यो कसरी ?, ‘ उनले प्रती प्रश्न गर्दै भने ‘, उहाँ हाम्रो नगरपालिकामा काम गर्न आउनु हुँदोरहेछ भने यहि बसेको हुनुपर्छ ,हैन भने यो दोहोरो काज गर्ने ब्यक्ती म जान्दिन्न ।’,

तर नगरप्रमुखको तर्क सँग असहमति जनाउँदै प्रमुख प्रशासकीय अधिकृत  सुबोध ठाकुरले यो कुरामा आफूबाट असहयोग भएको कुरा निराधार भएको प्रतिक्रिया दिएका छन् ।

‘धरौटी भनेको कुनै पनि बस्तुको सेक्युरिटी हो ,काम पूरा हुन साथ हामी त्यस्ताकामको धरौटी फिर्ता गर्ने गर्छौं ,अहिले त्यो समय आएको छैन र त्यसैले यो कुरा अल्झिएको हो ।,’

उनले थपे ‘, किसानको माग सँग बार्तालाभ गर्नु जनप्रतिनिधीको काम हो , मलाइ सरकारले जहाँ पठायो म त्यही क्षेत्र कार्य गर्न आए । ‘

यता, मेयर गोइतलाई चाडैं बिबाद समाधन गर्ने मेयरको रुपमा लिने गरिन्छ ।तर, उनकै नगरपालिका भित्र वार्ड अध्यक्षहरु बिचको लफडा ५ बर्ष देखि रहिरहेको छ ।यस क्रियाकलापले पनि नगरपालिका समय समयमा बिबादमा तानिन्दै आएको छ ।

.