
ती ब्यक्ति जस्ले गरिबीको पीडा भोगे र जसका हात सामाजिक सेवामा निरन्तर निस्वार्थ चल्दैछन, उनी हुन् -सुनिल साह ।
बटेश्वर गाउँपालिका -५ का सुनिल साह युबाहरुका लागि एक उर्जाका श्रोत छन ।
२०६४ साल देखि निरन्तर स्थानीय क्षेत्रमा समाजसेवा देखि राजनीतिमा आफ्नो आधार स्थापित गर्दै हिंडेका सुनिल दिन दु:खी प्रती उदार देखिन्छन् ।हाल बटेश्वर गाउँपलिका सचिवालय सदस्य रहेका सुनिल राजनीतिलाई समाज परिवर्तन गर्ने छोटो मध्यमका रुपमा लिने गरेका छन् ।आफ्नो निजि देखि सामुहिक सहयोगमा बटेश्वर गाउँपालिकामा ठुला बत्ती जडान गरिदिएका छन ।बिभिन्न वैवाहिक कार्यक्रममा आर्थिक सहयोग समेत प्रदान गर्ने गरेका छ्न ।कोरोना बखत खाद्यान्नको समस्या हुँदा उनले खाद्यान्न सहयोग समेत गरे ।वृद्धहरुको मोतिया बिन्दुको शिबिर,वृद्धलाई सम्मान लगयत अन्य थुप्रै सहयोग गरेका छन।
समाजिक सेवा क्षेत्र भन्दा फरक क्षेत्र
भनिन्छ ,´गरिब भएर जन्मनु दुर्भाग्य हैन, गरिब हुनु दुर्भाग्य हो ‘यहि भनाइको सारलाई पूरा गरेका छन् युबा ब्याबसायी तथा राजनीतिकर्मी सुनिल साहले ।
उनको कथा बेग्लै छ अरु भन्दा ।उनि कुनै सालिन घरपरिवारमा जन्मेका नभएर एक आर्थिक बिपन्नता भोगेका परिवारबाट हुन् ।पारिवारिक बन्धनका बिच एक सकारात्मक सोच र म पनि केही गर्न सक्छु भन्ने धारणा साथ मत्स्य ब्यापारमा अग्रसर सुनिल हाल ११ बिघाको पोखरीमा मत्स्य पालन गर्छन् ।शुन्यबाट व्यावसाय शुरु गरि हाल यो तहसम्म आएका उनी युबाका लागि प्रेरणाको श्रोत बन्ने गरेका छन् ।
राजनीतिबाट आर्थिक असमानता हटाउन सकिन्छ
मत्स्य पालनको साथ साथै ग्यासको डिलर समेतका ब्यापार ब्यबसाय गरेका सुनिल हाल सामाजिक सेवा तथा राजनितिमा पनि अग्रसर छन् ।आफुले भोगेका समस्या जन्ताले भोग्नुनपोस भन्ने सोचेर उनले राजनीतिमा हातहालेको बताउँछन ।
´हामी पढ्दा आर्थिक अबस्था कमजोर भएको हुँदा टिफिनसम्म मात्र पढ्न पाइन्थ्यो त्यसपछि आफ्नो पेट पाल्न हाटबजार धाउनु पर्ने हुन्थ्यो ‘ भाबुक हुँदै सुनिलले भने ।
कुनैपनी गरिबका छोराछोरी आर्थिक अबस्थाका कारण नै शिक्षा लिनबाट बन्चित हुनु नपरोस् भन्ने आफ्नो धरणा रहेको सुनिल बताउँछन् ।
सफलताका लागि पहिले युबा शिक्षित हुनुपर्छ अनि सहास आफ्नो प्रेरणाको श्रोत आफ्नो मेहनत र सहास भएको बताउदै उनले केही गर्न सक्छु भन्ने हिम्मत कसैमा छ भने त्यो ब्यक्ति आज र भोलि सफल हुने बताएका छन् ।तर ,समाज परिबर्तन गर्न सर्ब प्रथम शिक्षित नै हुनुपर्ने तर्क दिन्छन ।
आगामी दिनमा समाजसेवाको माध्यमबाट आफ्नो गाउँसमाजको हकहितमा काम गर्ने भन्दै उनले जस्तो सुकै कठिनाइमा पनि समाजको गुनासो सुन्ने बताएका छ्न । तनमन र धन जे जसरी जति गर्न सकिन्छ आफ्नो समाजका लागि नै हुने उनले बिचार पोखे ।