टी२० विश्वकपको छनोट प्रतियोगितामा नेपालले ओमानलाई हरायो

  |

टी२० विश्वकपको छनोट प्रतियोगिताको अगाडि दुवै टोलीको परीक्षणको रूपमा रहेको खेलमा नेपालले ब्याटिङ र बलिङ दुबैमा अब्बल प्रमाणित गर्दै ओमानलाई पछि पारेको हो।

नेपालको जीतमा तीव्र गतिका बलर अभिनाश बोहराको कसिलो बलिङ र दीपेन्द्रसिंह ऐरीको ब्याटिङ महत्त्वपूर्ण रह्यो।

टस जितेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो।

जवाफमा नेपालले १९.३ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। ऐरीले ५३ बल खेल्दै अविजित ७३ रन बनाएका थिए।

शरद भेषवाकर चार रनमा अविजित रहे भने आरिफ शेखले २५, आसिफ शेखले १४ र ज्ञानेन्द्र मल्लले १३ रन बनाए।

नेपाली प्रशिक्षक पुबुदु दशानायकेले खेलाडीहरूलाई प्रयोग गर्ने क्रममा ओपनिङ जोडीमा प्रदीप ऐरी र आसिफ शेखलाई खेलाएका थिए।

यस्तै उनले कुशल भुर्तेल र करण केसीलाई बेन्चमा राख्दै सागर ढकाल र विवेक यादवलाई पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मौका दिएका थिए।

नेपालले खेलमा सात जना बलर प्रयोग गरेको थियो