गोरूले हान्दा एकको मृत्यु

  |

खोटाङमा  गोरुले हान्दा एक पुरुषको मृत्यु भएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ का ५०वर्षीय असुरध्वज राईको छिमेकीको गोरुले हान्दा मृत्यु भएको हो।
उनलाई बुधबार बिहान गोरुले हानेको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि दिक्तेल लगिएको थियो। तर उपचार क्रममा उनको निधन भएको हो। उनी शारीरिक रूपमा अपांग थिए।