
धनुषाको क्षिरेश्वरनाथ -५ ,महेन्द्रनगर स्थित श्री श्रीनाथ गणमा नेपाली सेना र रेयुकाई मासुनागाको संयुक्त समन्वयमा आज एक दिने “आँखाको मोतियाबिन्दु न्यूनीकरण” अभियान कार्यक्रम सम्पन्न भएको छ ।
आँखाको सुरक्षा साथै मोतियाबिन्दुको न्यूनीकरण गर्न उक्त कार्यक्रम संचालन भएको नेपाली सेनाले जनाएको छ । समाजमा थुप्रै युवाहरु समान्य जनचेतनाका कमिको कारण दृष्टि बिहिन हुन पुगेको भन्दै यसबाट कसरी सुरक्षीत हुने भन्ने बारे कार्यक्रमले जानकारी दिएको थियो ।
कार्यक्रममा बोल्दै सिरहाका २७ नं. वाहिनी पति सहायक रथी हेमराज केसिले ग्लोबल वार्मिङका कारण साथै अन्य कारणले पनि आँखामा हाल स्वास्थ समस्या देखा परेको भन्दै रेयुकाइको प्रयासले केही हदसम्म पनि सैनिकहरुमा स्वास्थ्य प्रती जागरुकता प्रदान गर्ने जनाए ।
त्यस्तै कार्यक्रममा बोल्दै सामुदायिक आँखा बिज्ञ बिमल पौडेलले हिमाली तथा पहाडको दाँजोमा तराइ-मधेशमा मोतियाबिन्दुको समस्या बिकारल रहेको बताएका छन् । तराइ -मधेसमा हाल समस्या लिएर आउने मध्य आधीजसो वृद्धहरुमा यो समस्या पाइएको जानकारी दिए ।
२७ नम्बर बाहिनीका सहायक रथी हेमराज केसि , रेयुकाईका महासचिब हिरामणी शर्मा , सामुदायिक आँखा बिज्ञ बिमल पौडेल ,सेवा नेपालका पारस मणि धाकवा , अप्सरा श्रेष्ठ साथै श्री श्रीनाथ गण महेन्द्रनगरका गण प्रमुख गजेन्द्र रवाल साथै सय जना सैनिकको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रमको समापन श्री श्रीनाथ गणका गण प्रमुख गजेन्द्र रावलले गरेका थिए ।उनले उपस्थित विभिन्न बर्गका अधिकारिलाई मायाको चिनो प्रदान गरे ।