बटेश्वर गाउँपालिकामा लोसपाबाट अजयकुमार राउतको उम्मेदवारी

  |

बटेश्वर गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले युवालाई गाउँपापालिका अध्यक्षको लागि अगाडि सारेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन हेतु बटेश्वर गाउँपालिकामा युवा नेताको रुपमा परिचित अजय कुमार राउतलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सोमबार बसेको लोसपा बटेश्वर गाउँ कमिटीको बैठकले राउतलाई अध्यक्ष पदको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको जनाएको छ ।

युवा नेताको रुपमा परिचित राउत हाल ३० बर्षका रहेका छन् । विभिन्न समयमा सामाजिक सेवामा क्रियाशिल देखिने राउत मुलतः बटेश्वर गाउँपालिकाको बेतिथीका विभिन्न मुद्दाका साथ अगाडि आएका हुन् ।

यता चुनाव नजिकिँदै गर्दा बटेश्वर गाउँपालिकामा लोसपाले आफ्नो सक्रियता बढाएको छ ।