
न्युज अफ नेसन / महेन्द्रनगर
सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिकाको वडा नं. २ मा नेपाली कांग्रेस विजयी भएको छ ।हिजो भएको मतगणनामा गठबन्धनको तर्फवाट नेपाली काङ्ग्रेसका उम्मेद्वार मकुन्द प्रसाद पौडेल प्यानल सहित विजयी भएका हो ।
कूल खसेको १९४३ मत मध्ये पौडेलले ९९६ मत ल्याएर निकटम प्रतिद्वन्दी नेकपा एमालेमा उम्मेदवार कृष्ण राज श्रेष्ठ (श्याम) लाई १५१ मतले पराजित गरेका हुन् ।
जित पछि विजय जुलुसको कोण सभालाई सम्बोधन गर्दै नव निर्वाचित वडा अध्यक्ष पौडेलले वडामा विद्यमान समस्याको समाधानका लागी कुनै कसर बाँकी नराख्ने कसम खाए।
कुनै पनि योजनाको सुरुवात गर्दा सबै राजनैतिक पार्टि र स्थानीय गन्य मान्य व्यक्तीको सल्लाहमा मात्र गरिने वचन दिएका छन्। आफू आजवाट जनताको नोकर भएको र मालिक(जनता) को नुनको सोझो गर्ने उनले बताए ।