अठार पटक कांग्रेसको प्रधानमन्त्रीको कारण उधोगधन्दा ठप्प:रघुबिर महतो

  |

नेकपा एमालेका केन्द्रिय सचिब तथा  क्षेत्र नं ४ प्रतिनिधि सभा उम्मेद्बार रघुबिर महसेठले कांग्रेस १८ पटक प्रधानमन्त्री भएर देशको उधोग धन्दा बन्द भएको आरोप लगाएका छन् ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका स्थित रम्दैयामा चुनाबी कार्यक्रमलाई सम्बोधन गर्दै महासेठले उक्त कुरा बताएका हुन ।

बिगत १८ पटक सम्म प्रधानमन्त्री हुँदा कांग्रेसले भए भरका फ्याक्ट्री बन्द गराएको तर एमाले प्रती एक पनि  आरोप नलागेको बताएका छन् ।
आफ्ना प्रतिद्वन्द्वी कांग्रेस प्रती लक्षित गर्दै महासेठले  एमालेलाई ५० भोट पनि नआयोस भनी कांग्रेसले एमाललाई  बिकास बिरोधी भनि  चित्रण गरेको तर एमालेले ओलिको साढे तीन बर्सको पालामा पाँच हजार अधिक सडक बनाइसकेको तर्क गरे ।
उक्त चुनाबी सभामा सयौको संख्यामा उपस्थित जनमानसलाई सम्बोधन गर्दै उनले बिकास बिरोधी पार्टीलाई परास्त गर्न आग्रह गरेका थिए ।कार्यक्रममा प्रदेश सभा उम्मेदवार हरिनारायण यादब , बटेश्वर गाउँपालिकाका पुर्ब मेयर डम्बर बहादुर राउत , नगर अध्यक्ष महेन्द्र यादब , नगर प्रमुख सुक देब यादब ,एमाले नगर उपाध्यक्ष अनिल चौधरी लगाएतको सहभागिता रहेको थियो ।