
क्षिरेश्वरनाथ नगरपालिका -५ महेन्द्रनगर स्थित रहेको सिस्टमेटिक ईंग्लिश बोर्डिङ स्कूलले इसाइ धर्मावलम्बीहरुको पर्व मेरी क्रिसमसको उपलक्ष्यमा सांस्कृतीक कार्यक्रम साथै सिर्जनशिलता मुखी बिज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ ।
स्कूलका प्रीन्सिपल सुप्रभा यादबको अध्यक्षता तथा जिल्ला समन्वय समितीका अध्यक्ष राजनन्दन मण्डलको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बिद्यार्थीले धार्मिक समाजिक सद्भाव बारे चेतना र नृत्य प्रस्तुत गरेका थिए ।
हरेक बर्ष डिसेम्बर २५का दिन मनाइने क्रीसमस दिवसको अवसर पारी बिधालयले स्कुूलले बिद्यार्थीमा भएका विभिन्न प्रतिभालाई केन्द्रमा राखी प्रदर्शन गरेको हो ।
कार्यक्रममा विभिन्न कक्षामा अध्यनरत बिधार्थीले वाइफाइ जामर , भ्याकुम क्लिनर , जंगली जनावरको अतकंबाट बचाउन प्रयोग गरिने तोप ,बृज रेनफल लगाएतका आबिष्कारहरुलाई प्रदर्शनीमा राखेका थिए । बिद्यार्थीहरुले यसको प्रयोगले दैनिकी जिबनमा सहजता पाउने सकिने भन्दै सिस्टमेटिक बोर्डिङ स्कुलले यस्ता नबिनतम् आबिस्कार गर्न उत्प्रेरित गरेको जनाएका छन् ।
सिमित स्रोत साधनमा बिद्यार्थीले गरेको आबिष्कारलाई अभिभावक तथा सर्बसाधारणले प्रशंसा ब्यक्त गरेका थिए ।
आठदश कक्षामा अध्यनरत बिधार्थीले उपयोग मुखी सामग्रीको आबिष्कार गर्नुलाई साधारण प्रतिभा मान्न नहुने वर्डा न ४ का वर्डा अध्यक्ष जगदिश यादबले बताए ।
यादबले यस्ता प्रतिभालाई अझ प्रहोत्सान गर्नु पर्नेमा जोड दिए ।
यता ,समारोहमा बिद्यार्थीले विभिन्न जात जाती तथा समुदाय बीच धर्मका नाममा एक धर्मले अर्को धर्ममाथी गर्ने दुव्र्यवहारलाई नाटक मार्फत चेतना अभिबृद्धी गरेका थिए ।
कार्यक्रममा बोल्दै स्कूलका फाउण्डर मो.अमिरुल राइनले बिधार्थीको कलालाई आगामी दिनमा माथी उकास्न बिधालयले सके जति सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा जिल्ला समन्वय समितीका अध्यक्ष रजनन्दन मण्डल ,जिल्ला फुट्बल संघ अध्यक्ष केबल मुखिया , वर्डा न-४ का अध्यक्ष जगदिश यादब, वर्डा न ५ का अध्यक्ष जिबछ मण्डल तथा समाजसेवी ,शिक्षक र अभिभावकहरुको उपस्थिती रहेको थियो ।
त्यस्तै बिज्ञानको कार्यक्रममा प्रथम हुने कक्षा १० का बिद्यार्थीलाई रु ८ हजार , दोश्रो हुने कक्षा ६ का बिद्यार्थीलाई ७ हजार र तेश्रो हुने आठ कक्षाका बिद्यार्थीलाई रु ६ हजार प्रदान गरिएको थियो । सहभागी अन्य कक्षालाई ५ हजारका दरले प्रदान गरेको फाउण्डर अमिरुल राइनले जनाए ।
छोटो समयमा अधिक प्रगती गर्न सफल बिधालयको रुपमा यस स्कूललाई लिने गरेको छ ।करिब १ हजार बिद्यार्थी यहाँ अध्यनरत रहेका छन् ।