धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा डिजेको आतंकले चरम सिमा पार गरेको छ । बिबाह ,पूजा तथा धार्मिक कार्यक्रमका नाममा प्रयोग गरिने डिजे / माइक लगायतबाट हुने ध्वनि प्रदुषणले नगर प्रभावित बनाएको छ ।
सहरी क्षेत्र उम्मुख नगर पालिकाका रुपमा परिचित रहेपनी यस नगरपालिका विभिन्न कार्यक्रमका नाममा रातभरी डिजे घन्किने गरेको भन्दै स्थानिय बासिन्दा आजित भएका छन् ।
दिन प्रतीदिन सानो कार्यक्रम गर्दा समेत डिजे माइक नै बजाउने चलन हुँदै गरेपछि शैक्षिक संस्था देखि अस्पताल सम्मलाई शान्त बाताबरणका लागि धौधो पर्ने गरेको छ ।
विद्यालय क्षेत्र नजिक बाजा बजाउँदा बिद्यार्थीको ध्यान पढाइमा भन्दा डिजेको गितमा जाने र पढाउन गार्हो हुने स्थानिय मर्निङ ग्लोरी बोर्डिङ स्कुलका प्रीन्सिपल कृष्ण लामा बताउछन् ।
यता,डिजेको आबाजले सर्बाधिक परिक्षा नजिक आउदै गरेका एसइइका बिद्यार्थी आजित भएका छन ।
कससेकम एसइइ सम्म डिजे नबजाइदिन कक्षा दशमा अध्यनरत रामकुमार महतो आग्रह गर्छन् ।
‘ठूलो आवाजमा गाउँ नै थर्किने गरी बाजा बजाउँदा पढाइमा मन जाँदैन ,झन घरमा बस्दा समेत दिक्क लाग्ने गर्छ `, स्नातक अध्यन गर्दै गरेका विशाल काफ्ले बताउँछन ।
रातिको समयमा बाजागाजा बजाउँदा बालबालिका जम्मा हुने भएकाले गलत बाटोमा जान सक्ने मनोबैज्ञानिक बताउँछन् ।
डिजे बजाउदा भीडभाड भै झैँझगडा हुनसक्ने, चोरी लुटपाटजस्ता जोखिम उच्च हुने गर्दछन ।
मुटुरोगी, बालबालिका, गर्भवति महिलाको लागि डिजेको चर्को साउण्ड घातक हुने मानिन्छ तर यसको नियन्त्रणमा प्रहरी प्रशासन मौन रहेको भन्दै समय समयमा आलोचना हुने गरेको छ ।