२०८०/४/१५धनुषाको सहिद नगरपालिका स्थित -१ मा नैना हस्पिटल एण्ड दिब्य क्लिनकको आयोजनामा सोमबार एक दिवसिय ब्लड ग्रुप चेक अप कार्यक्रम सम्पन्न भएको छ । वर्डा अध्यक्ष तेज नारायण यादबको प्रमुख उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
ज्ञान वरदान ईंग्लिश बोर्डिङ स्कुलमा भएको सो कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा ६ सम्मका करिब ४०६ बिद्यार्थीको ब्लड ग्रुप चेक गरिएको हस्पिटलले जनाएको छ ।
उक्त कार्यक्रममा बोल्दै वार्ड अध्यक्ष तेजिलाल यादबले बिद्यार्थीलाई ब्लड ग्रुपका बारे जानकारी नहुँदा विभिन्न समयमा समस्या हुने गरेको भन्दै यस्ता कार्यक्रमले बिद्यार्थीलाई सहयोग पुर्याउने बताए ।
त्यस्तै हस्पिटलका ल्याब टेक्निसियन सरोज यादबले हरेक ब्यक्तिले आफ्नो ब्लाड ग्रुप था हुनुपर्नेमा जोड दिदै कुनै प्रकारको दुर्घटना हुँदा यसको जानकारी नहुँदा तत्काल उपचार गर्न गार्हो हुने गरेको बताए ।
ज्ञान वरदान बोर्डिङ स्कुलका प्रीन्सिपल गणेश यादवले बिद्यालयनै बिद्यार्थीको आभिभाबक भएको हुँदा उनिहरुको स्वास्थ प्रती सचेत रहेको जनाए । साथै यस्ता कार्यक्रमले बिद्यार्थीको हितमा काम गर्ने उनले बताए ।