कर्तव्य ज्यान मुद्धाका कैदीलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले गर्यो पक्राउ

  |

(फोटो: संकेतात्मक रुपमा मात्र लिइएको )
केन्द्रीय कारागार (जगन्नाथ देवल) सुन्धराबाट करिब तीन महिनाअघि फरार भएका एक कर्तव्य ज्यान मुद्धाका कैदीलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा व्यक्ति ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-१ घर भई हाल काठमाडौँको बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ३४ वर्षीय प्रदिप लुङ्गा भनिने शंकर लिम्बु रहेका छन् । लिम्बु भदौ २३ र २४ गते देशभर भएको जेनजी (Gen Z) आन्दोलनको मौका छोपी केन्द्रीय कारागार सुन्धाराबाट भागेका थिए।

प्रहरीका अनुसार फरार कैदी आफ्नो गृहजिल्ला ताप्लेजुङमा लुकेर बसेको विशेष सूचनाका आधारमा खोजतलास तीव्र पारेको थियो। टोलीले लिम्बु फुङलिङ नगरपालिका वडा नं. ५, बिरेन्द्र चौक बाट लुकीछिपी बसेको अवस्थामा आज फेला नियन्त्रणमा लिएको हो । पक्राउ परेका लिम्बुलाइ आवश्यक कानूनी कारबाही अगाडि बढाउनका लागि आजै कारागार कार्यालय ताप्लेजुङमा पठाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए।