पुस १२
धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको २६ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
साना किसान कृषि सहकारी संस्था लि. नक्टाझिजका अध्यक्ष रामदेव महतोको अध्यक्षता तथा मधेस प्रदेश सरकारका पुर्व उधोग पर्यटन तथा वनमन्त्रि शत्रुधन महतोको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा नयाँ कार्य समिती चयन साथै आयब्यय विवरण प्रस्तुत गरिएको छ । 
आय ब्यय बिबरण अनुसार मंसिर मसान्त सम्म कुल सदस्य संख्या १ हजार ८ सय ३९
पुगेको छ। तीमध्ये १ हजार ४ सय ९७
महिला सदस्य र ३४२ पुरुष सदस्य रहेका छन्। त्यसैगरी जम्मा शेयर सदस्य संख्या १ हजार ८३९ रहेको छ, जसमा १ हजार ४ सय ३९ महिला र ३४२ पुरुष शेयर सदस्य रहेका छन्।
यता जम्मा शेयर पूँजी ३ करोड ७१ लाख २३ हजार ७ सय रुपैयाँ पुगेको छ। जम्मा समूह बचत ४ करोड ९९ लाख ९५ हजार ९८७ रुपैयाँ रहेको छ विवरणमा उल्लेख छ।
त्यसैगरी, कर्मचारी सञ्चय कोषमा ५२ लाख ९७ हजार ३१७ रुपैयाँ, पशु बीमा रकम ८ लाख ९ हजार १ सय ८३ रुपैयाँ, र
त्यस्तै मङ्सिर सम्म संस्थाको १ करोड ९३ हजार १ हजार ३ सय १० पुगेको साहायक प्रबन्धक सुरेश कुमार महतोले जनाए।
यता नयाँ कार्य समितिमा अध्यक्ष राम प्रसाद महतो ,उपाध्यक्ष श्री राम उदगार महतो साथै सदस्यमा रामबाबू सिंह , राम देब महतो कोइरी , बच्चेलाल महतो , सत्य देब कापर , सन्जु कुमारी सिंह , राम दुलारी देबि महतो , राम नारायण महतो , शुभकलाल महतो , नारायण महतो , बिरेन्द्र कुमार महतो , लक्ष्मी कुमारी महतो लगाएत १३ कार्य समिती गठन भएको छ।
कार्यक्रममा बिधालयका बिद्यार्थीका लागि सेटसन सामग्री प्रदान गरिएको थियो ।
कार्यक्रममा मिनपा -२ अध्यक्ष बिहारी महतो , ५ का अध्यक्ष राम चन्द्र महतो , सना किसान नक्टाझीजका प्रवन्ध सुर्य नारायण महतो , साना किसान दिगम्बरपुरका अध्यक्ष लक्ष्मी यादब तथा प्रबन्ध सिके सिंह , साना किसान शान्तिपुरका नरेन्द्र प्रसाद राय शर्मा , हिमालय युवा क्लबका पुर्व अध्यक्ष अरुण महतो लगाएत शेयरधनी , विभिन्न संघ सस्थाका प्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो ।



