२०८२।१२।११ रौतहट : नक्कली सुनसहित प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।
चन्द्रपुर नगरपालिका ५ स्थित पुर्व-पश्चिम राजमार्गसङै रहेको जगत रिसोर्ट होटलमा छापा मार्दा नक्कली सुन जस्तो देखिने धातु बरामद गरेको हो।
प्रहरीले नुवाकोट तारकेश्वर गाउँपालिका–३ घर भई हाल भारत दार्जिलिङ बस्दै आएका ३७ वर्षीय अशोक तामाङ, रौतहट चन्द्रपुर–१० का ३० वर्षीय अरबिन्द चौधरी, रौतहट बौधीमाई–६ का ३८ वर्षीय रुपकेश राय यादव र भारत पश्चिम बंगाल सिलिगुडीका ३० वर्षीय संजोक बस्नेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी,प्रहरी नायब उपरीक्षक बिष्णु प्रदीप बस्यालले जानकारी दिए । प्रहरीका अनुसार उनीहरूले उक्त नक्कली सुन प्रयोग गरी ठगी गर्ने योजना बनाएका थिए ।



