Warning: Trying to access array offset on false in /home/enewsofnation/public_html/wp-content/themes/Enews Of Nation/functions.php on line 266

धनुषाको एकराहीबाट ओरकेष्ट्रामा नाच्ने भारतीय युवतिसहित पाँच जना पक्राउ

  |

 जनकपुरधाम : प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही किलोमिटरको दुरीमा रहेको धनुषाको एकराहीमा ओरकेष्ट्रामा नाच्ने युवति र युवकहरुलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

गएराती १२ बजेको समयमा धनुषाको विदेह नगरपालिका वडा नम्बर ६ एकराहीस्थित मँच बनाएर ओरकेष्ट्रा नचाइरहेको सूचना पाएपछि गएको प्रहरीको टोलीले ओरकेष्ट्रा नाच्ने भारतीय युवतिहरुलाई पक्राउ गरेको हो ।

धनुषा प्रहरीले सो क्रममा ५ जनालाई पक्राउ गरेको छ भने अन्य दुई जना फरार भएको बताएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जीतेन्द्र कुमार बस्नेतका अनुसार, एकराही बस्ने स्थानीय रामनारायण मण्डल केवटको छोरा वर्ष २५ को सानु मण्डलले सो ओरकेष्ट्रा आयोजना गरेको थियो ।

मण्डलले कुनै पनि निकायबाट अनुमति समेत नलिई आरकेष्ट्रा (केटी नाच) ल्याई साउण्ड बक्स तथा हर्न जडान गरी अशलिल भोजपुरी गितहरू ठुलठुलो अवाजमा बजाई नाच नचाई रहेको भन्ने स्थानियहरुले नै सूचना दिएपछि उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी चौकी गिद्धा ९तिनकोरिया० बाट असईको कमाण्डमा खटी गएको प्रहरी टोलीले नाच बन्द गर्नको लागि पटक पटक प्रहरीद्धारा समझाई बुझाई गर्दा समेत अटेरी गरेपछि सानु मण्डल सहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा विदेह नगरपालिका वडा नं. ७ बस्ने बर्ष २३ को कार्यक्रमको एँकर श्याम पासवान, भारतको उत्तर प्रदेश राज्य इटहर्बा बस्ने बर्ष २१ को अनुशव मिश्र, सोही ठाउँ बस्ने बर्ष २० की डान्सर काजल सहनी, भारत विहार राज्य बेतिया जिल्ला अमोलिया सिङगरी वस्ने वर्ष २५ को सुनिल पासवान, वर्ष २१ की रिना देवी पासवान रहेका छन् ।

यस्तै, सोही ओरकेष्ट्रा नचाउनको लागि सहयोगीहरु धनुषाको शहिदनगर नगरपालिका वडा नं. ७ धबौली घर भई हाल विदेह नगरपालिका वडा नं. ६ बस्ने बर्ष २५ को सानु मण्डल ९आयोजक० र विदेह नगरपालिका वडा नं. ७ बस्ने बर्ष ३५ को राम मनोहर अधिकारी (सँचालक) पक्राउ परेका छन् ।

विगत केहि दिन देखि प्रदेश २ मा आर्केस्टाको नाममा समाजमा अस्लिलता फैलिदै गएकोले स्थानीय प्रशासनले कडा कदम उठाएको छ ।