मिथिला साहित्य प्रतिष्ठानको आयोजनामा मैथिली भाषाका महाकवि विद्यापतिको ६७६ औँ जन्म जयन्ती उनको योगदानको चर्चा तथा रचनावाचन गरी भव्यताका साथ मनाइएको छ।

आइतबार प्रतिष्ठानका अध्यक्ष बीपीराज दाहालको अध्यक्षता तथा मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोको प्रमुख आतिथ्यतामा ढल्केबरस्थित सहिद मुगालाल स्मृति प्रतिष्ठानको सभाहलमा कार्यक्रम आयोजना गरी मनाइएको हो।

कार्यक्रममा सहभागी वक्ताहरूले मैथिली साहित्य, कला, संस्कृति र भाषिक उत्थानमा महाकवि विद्यापतिले पुर्याएका ऐतिहासिक तथा अविस्मरणीय योगदानको विषयमा गहन चर्चा गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख महेन्द्र महतोले आगामी दिनमा पनि भाषा, कला र साहित्यको संरक्षण तथा प्रवर्द्धन गर्न यस्ता साहित्यप्रेमी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्न आफूले हरदम साथ र सहयोग गर्ने प्रतिबद्धता गरे ।
उनले साहित्यिक तथा सांस्कृतिक गतिविधिहरूलाई दिगो र प्रभावकारी बनाउनका लागि आफूले अक्षयकोष समेत खडा गरिदिएको बताए ।

कार्यक्रमका अध्यक्ष बीपीराज दाहालले भाषा राष्ट्रिय र क्षेत्रीय नभई राष्ट्रको सीमाभित्र बोलिने सम्पूर्ण भाषाहरूले राष्ट्रिय भाषाका रूपमा मान्यता पाउनुपर्छ भन्ने धारणा व्यक्त गरे।
क्षेत्रीय भाषाले राष्ट्रिय भाषाको मान्यता प्राप्त गरे मैथिली भाषाको वृद्धि र विकास हुने ज्ञान विद्यापति को योगदानबाट बाट सिक्न सकिने जनाए।
कार्यक्रममा मिथिला नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामबहादुर स्याङदेन, ६ नम्बरका वार्ड अध्यक्ष नन्दकिशोर यादव, शिक्षक गणेश घिमिरे लगायत कयौँ साहित्यिक प्रेमी हरूकोको उपस्थिति रहेको थियो।कार्यक्रमको उद्घोषण शिक्षक निरप्रसाद शर्मा ले गरेका थिए।



