Warning: Trying to access array offset on false in /home/enewsofnation/public_html/wp-content/themes/Enews Of Nation/functions.php on line 266

नेपालले ओमानलाई ७ विकेटले हरायो

  |

काठमाडौँ : विश्वकप लिग-२ क्रिकेटअन्तर्गत भइरहेको त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानलाई ७ विकेटले पराजित गरेको छ।

नेपालले टस जितेर बलिङ रोजेपछि पहिले व्याटिङ गरेको ओमान ३७ ओभर एक बलमा १२१ रन जोड्दै अलआउट भएको थियो। उसका लागि जीशन मक्सूदले ४१, जतिन्दर सिंहले १३, नसीम खुशीले १२ र कलीमुल्लाहले ११ रन जोडेका थिए।

ओमानलाई सस्तैमा समेट्न करन केसी र सन्दीप लामिछानेले चार–चार विकेट लिए। शरद भेषावकरको नाममा दुई विकेट रह्यो।

१२२ रनको लक्ष्य लिएर जवाफी व्याटिङ थालेको नेपालले १८ ओभर दुई बलमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे। यस्तै आशिफ शेख ४० रन बनाएर आउट भए।

शृंखलाको आफ्नो पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल त्यसपछि ओमान र अमेरिकासँग लगातार दुई खेलमा पराजित भएको थियो।