Warning: Trying to access array offset on false in /home/enewsofnation/public_html/wp-content/themes/Enews Of Nation/functions.php on line 266

एकीकृत समाजवादीको धनुषा अध्यक्षमा पण्डित र उपाध्यक्षमा साह

  |

जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी धनुषाको अगुवा कार्यकर्ता भेलाले रामचन्द्र पण्डितको नेतृत्वमा २ सय १ सदस्यीय समिति घोषणा गरेको छ।

धनुषा अध्यक्षमा रामचन्द्र पण्डितलाई चयन गरिएको नेकपा एसका केन्द्रीय सदस्य श्रीप्रसाद साहले जानकारी दिए । अध्यक्ष पदमा नियुक्त भएका पण्डित एमालेमा निर्वाचित उपाध्यक्ष थिए भने करिब दुई महिना पहिले उनलाई अध्यक्ष तोकिएको थियो।

त्यस्तै, उपाध्यक्षमा शीतल साह चयन भएका छन्। उनी नेपाल पत्रकार महासंघको पूर्वकोषाध्यक्ष हुन्। त्यस्तै, सचिवमा सोमप्रसाद शर्मा र उप–सचिवमा राजकुमार यादवलाई चयन गरिएको केन्द्रीय सदस्य साहले जानकारी दिए।

साहले २ सय १ सदस्यीय धनुषा जिल्ला कमिटी घोषणा भए पनि आइतबार अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवको नाम फाइनल भएको र सदस्यहरूको १६ गते मात्र टुंगो लगाइने बताए।