Warning: Trying to access array offset on false in /home/enewsofnation/public_html/wp-content/themes/Enews Of Nation/functions.php on line 266

राति पतिसँग झगडा, बिहान आमा-छोराको शव पोखरीमा फेला

  |

जनकपुरधाम : धनुषामा आमा छोराको शव पोखरीमा फेला परेको छ।

धनुषाको धनुषाधाम नगरपालिका २ धर्मपुर टोलका अशोक सिंहकी श्रीमती अन्दाजी २८ वर्षीया अर्चना सिंह र उनका ४ वर्षीय छोरा कुशकुमार सिंहको शव घर नजिकैको पोखरीमा फेला परेको हो।

सोमबार बिहान स्थानीयले पोखरीमा आमा छोराको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

अहिले इलाका प्रहरी कार्यालय धनुषाधामको टोलि घटनास्थल पुगेर शव निकाल्ने काम गरिरहेको प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए।

स्थानीयका अनुसार राति श्रीमान–श्रीमतीबीच झगडा भएको थियो। सोही आवेगमा अर्चनाले छोरालाई लिएर पोखरीमा हाम फालेर आत्महत्या गरेको अनुमान स्थानीयले गरेका छन्।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।