बर्दिवास नगरपालिकाको कार्यालय खर्चमा ८० लाख अनियमितता

  |

बर्दिबास : बर्दिबास नगरपालिकाले कार्यालय खर्चमा झण्डै ८० लाख रुपैयाँ कानुन विपरीत ढंगले खर्च गरी अनियमितता गरेको पाइएको छ ।

आर्थिक वर्ष २०७६।०७७ मा नगरपालिका कार्यालयले वार्षिक खरिद योजना तयार नगरी पटक पटक टुक्रा खरिद गरी ७९ लाख ८७ हजार १०१ खर्च गरेको महालेखापरीक्षकको प्रतिवेदन २०७८ मा उल्लेख छ ।

नगरपालिका कार्यालय संचालन सम्बन्धि वार्षिक बजेट ९५ लाख रहेपनि वार्षिक खरिद योजना तयार नगरेर पटक पटक टुक्रा खरिद गरी ७९ लाख ८७ हजार १०१ नियमित खर्च नगरेको प्रतिवेदनमा पाइएको छ ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८ उपनियम (१) मा सार्वजनिक निकायले वार्षिक दश लाख रुपैयाँ भन्दा बढी रकमको खरिद गर्नुपर्ने भएमा आगामी आर्थिक वर्षको अनुमति वार्षिक कार्यक्रम तथा बजेट तयार गर्दा अगामी आर्थिक वर्षमा गर्ने वार्षिक खरिद योजना तयार गर्नुपर्ने व्यवस्था छ । त्यस्तै सोहि नियमको उपनियम (५) सार्वजनिक निकाय प्रमुखले चालु आ.व. को स्वीकृत बजेट तथा कार्यक्रम प्राप्त भएपछि सो अनुरुप यो नियम बमोजिम तयार भएको वार्षिक खरिद योजना परिमार्जन गरी स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।

तर, नालिकाको वार्षिक खरिद योजना तयार नगरी टुक्रा खरिद गरी गरेको खर्च ७९ लाख ८७ हजार १०१ रुपैयाँ महालेखापरीक्षकले बेरुजु ठहराएर नियमित गर्न भनेको छ । साभार: टुडेपाटी अनलाइन

यो पनि पढ्नुहोस् !

बर्दिवासका मेयर कार्कीको क्रसर माफियासँग सेटिँग, ठेकेदारसँग मिलेर नदी दोहन