Warning: Trying to access array offset on false in /home/enewsofnation/public_html/wp-content/themes/Enews Of Nation/functions.php on line 266

जापानको फुकुओकामा नेपाली विद्यार्थीको गलत निर्णय, नेपाली समुदायमा बढदो आत्महत्या

  |

जापान : जापानको फुकुओकामा विस्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले गलत निर्णय लिदा जापानमा रहेको नेपाली समुदया नै तरंगित हुन पुगेको छ ।

नेपालको काठमाण्डौ जिल्ला थानकोट घर भइ बिगत ५ वर्ष देखि बिद्यार्थी भिषामा जापानको फुकुओका निहोन केइजाइ दाइगागुको तेश्रो वर्षमा अध्ययनरत अर्चना भुर्तेलले मृत्यू रोजेकी हुन ।

एक्लै बस्ने अर्चनाले सोमबार विहान करिव २ बजे ने आत्महत्या गरेको बुझिएको छ । केहि समय अघिबाट रिलेशनमा रहेको युवासग लामो भिडियो कल पछि झगडा परेको एवं त्यहि रिसको झोकमा यस्तो अप्रिय निर्णय गर्न पुगेको धटनस्थाल पुगेका ब्यक्तिहरुले बताए ।

साथिहरु माझ पनि स्पष्ट कुरा राख्ने एवं कन्भिन्स गर्ने अर्चनाले सोहि दिन डियक्टिभ गरेको फेशबुक ओपनगरी उनको केटा साथिसग १३ मिनेट लामो भिडियोकल पछि यस्तो अवस्थामा भेटिएपछि उनका साथिहरु पनि स्तब्ध हुनपुगेको एकसाथिले बताईन ।

जापानमा करिब एक लाख नेपालीहरुले बिभिन्न काम एवं ब्यबसाय गर्ने गर्दछन । जापानमा नेपालीहरुको सख्या बढेसगै नेपालीहरुले आत्महत्याको सख्या पनि दिननुदिन बढदो छ ।

मनोचिकित्सक डा विजय ज्ञवालीका अनुसार नेपालीहरुमा जापान आएर छिटो भन्दा छिटो सोचे जस्तो नहुने त्यसका कारण डिप्रेशनको सिकार हुने, एकान्तपन मनपराउने ब्याईफ्रेन्ड/गलफेन्डमा विश्वासिलो वातवरण नहुने, दीर्घ रोगि हुनुलगायताका कारण आत्महत्या गर्ने गरेको बताउनु भयो ।