Warning: Trying to access array offset on false in /home/enewsofnation/public_html/wp-content/themes/Enews Of Nation/functions.php on line 266

देशमा अझै निर्णयक आन्दोलनको आवश्यकता : लोसपा नेता

  |

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनमार्फत मधेसी जनतालाई अधिकार सम्पन्न नबनाएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

आइतबार पकहामैनपुर गाउँपालिकामा शहीद शत्रुधन पटेलको छैठौं स्मृति दिवसमा उनले मधेसमा स्वशासनको अधिकार दिनुपर्ने बताए । ‘संविधानले यस्तो अधिकार दिएको छैन । त्यसैले संविधान संशोधन नै हाम्रो आन्दोलनको माग हो । ’

उनले मधेस आन्दोलनका नेता कार्यकर्तामाथि सरकारले मुद्धा लगाएर विभेद गरेको बताए ।‘नेपालमा माओवादी जनयुद्ध भयो, हजारौं मानिस मारिए । के तपाईं बताउन सक्नुहुन्छ उनीहरुमध्ये कोही नेता जेलमा छन् ?’ उनले प्रश्न गरे, ‘मधेस आन्दोलन जुन शान्तिपूर्ण थियो, त्यसको नेता कार्यकर्तामाथि किन कारबाही ? किन अहिलेपनि जेलमा छन्, अहिले पनि तारेख धाइरहेका छन् ?’

मधेस आन्दोलनका क्रममा भएका टीकापुर, जलेश्वर घटनाको अनुसन्धान र कारबाही बदलाको भावनाले गरिएको उनले बताए ।‘मधेसी आन्दोलनकारीले त हतियार उठाएका थिएनन् । हतियार उठाउने हजारौं मान्छे मारेको आरोप लाग्नेलाई सबै आरोपबाट मुक्ति, कोही प्रधानमन्त्री बन्ने, कोही सभामुख बन्ने । मधेसका मानिसले के अपराध गरेका छन्, उनीहरुलाई मुद्धा मामिला खेप्नुपर्ने ?’ उनले प्रश्न गरे ।

तीन वर्षदेखि नागरिकता विधेयक दर्ता भएपनि संसदमा प्रस्तुत गरेर पास गर्नुको साटो अड्काएर राखिएको ठाकुरले गुनासो गरे । न्यायालयले समेत मधेसीलाई विभेद गर्ने गरेको उनको भनाइ छ ।

कार्यक्रममा नेता राजेन्द्र महतोले देशमा अझै निर्णयक आन्दोलन आवश्यक रहेको बताए ।‘एउटा निर्णयक आन्दोलन सबै मिलेर गर्ने, थारु मधेसी अलग अलग भएर हैन, एक भएर, मधेसी थारु, जनजाति, जो पनि अधिकार र पहिचानका लागि लडनेवाला जनता छन्, अन्तिम लडाई लड्नेछौ’ उनले भने ।