
काठमाडौं। न्यूजिल्याण्ड आईसीसी टी- २०विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार (आज) सुपर १२अन्तर्गत समूह ‘२’ माअफगानिस्तानलाई८ विकेटले पराजित गर्दै न्यूजिल्याण् सेमिफाइनलमा प्रवेश गरेको हो। न्यूजिल्याण्डको पाँच खेलमध्ये यो चौथो जित
हो। न्यूजिल्याण्डको जितसँंगै समान दुई दुई खेल जितेको भारत र अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएका छन्। अब भारतले सुपर १२ को अन्तिम खेल नामिवियाविरुद्ध सोमबार खेल्नेछ। यसअधि लगातार ४ खेल जित्दै पाकिस्तान यसै समूहबाट अन्तिम चारमा प्रवेश गरिसकेको छ। त्यस्तै समूह ‘१ बाट इंग्ल्यान्ड र अष्ट्लिया पनि सेमिफाइनलमा प्रवेश गरिसकेका छ्न।