बाग्मती प्रदेशका मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे

  |

 

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिएका छन्। कात्तिक ११ गते बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोमबार प्रदेशसभाबाट विश्वासको प्राप्त गरेका हुन्।

विश्वासको मत दिनेमा मुख्यमन्त्री पाण्डेको दल एकीकृत नेकपा समाजवादीका उनीसहित १३ जना, नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली कांग्रेसका २२ जना र जनता समाजवादी पार्टीका १ जना प्रदेशसभा सदस्य रहेका छन्। यो संख्या प्रदेशसभामा रहेका सदस्य संख्याको बुहमत संख्या भन्दा पाँच जना बढी हो।