रुपैठा घटानालाई लिएर बिरगंजमा शक्तिप्रदर्शन

  |

जनकपुरधामको देवपुरा रुपैठामा छठ पर्वमा भएको हिन्दु–मुस्लिमबीचको विवादलाई लिएर बिरगन्जमा ठूलो शक्ति प्रदर्शन गरिएको छ । विभिन्न हिन्दुवदी संगठनहरुले वीरगञ्जमा याली सहित विरोध प्रदर्शन गरेका छन् ।

छठ पर्वको दिन विभिन्न धनुषा, बारासहित विभिन्न स्थानमा मुस्लिमद्वारा हिन्दुको अपमान गरेको भन्दै हिन्दुवादी संघ संस्थाहरुले विरोध जनाएका हुन् ।हिन्दु समाज पर्सा, हिन्दु युवा संघ नेपाल, हिन्दु परिषद् नेपाल, हिन्दु स्वयमसेवक संघ नेपाल लगायतका संघ संस्थाहरुले वीरगञ्जको लालबंगलाबाट विरोध र्याली निकालेका हुन् ।

हिन्दु सामाजको मौनतालाई कमजोर नसम्झन भन्दै सहभागीहरुले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै सरकारविरुद्ध नारावाजी गरेका थिए । घण्टाघर हुँदै, माइस्थान, आदर्शनगर, विर्ता छपकैया पुगेर पुनः लालबंलामा आई कोणसभामा परिणत भएको हिन्दु युवा संघ नेपालका अध्यक्ष राजेश सिँहले जानकारी दिए ।