खेलकुदको माध्यमले बिश्वमा नेपालको झण्डा फहराउन सकिने:पूर्व मन्त्री यादव

  |

खेलकुद माध्यमबाट बिश्वमा देशको झन्डा फहराउन सकिने :पूर्व मन्त्री यादव ।

न्यूज अफ नेसन / जनकपुरधाम ।

धनुषाको मिथिला विहारी नगरपालिका वडा नं: ८ कचुरीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

श्री श्री १०८ श्री झण्डा मेला समितिकाे अायाेजनामा खुल्ला पुरुष भलिबल प्रतियोगिता भएको थियोे ।

साे कार्यक्रममा प्रदेश २ का पूर्व मन्त्री ज्ञानेन्द्र कुमार यादवले’ राष्ट्रको लागि खेलकुद स्वास्थको खेलकुदको ‘ भन्दै  संचालन गरेको  बताएका छन् ।

 

खेलकुदकाे मध्यबाट  राष्ट्रले जिम्मेवार नागरिक उत्पादन गर्न सकिने  साथै खेलकुदमा जित हार ठुलो कुरा नरहेको खेलमा खेल खेल्नु नै ठुलो कुरा रहेको भन्दै कुनै पनि खेलमा अहंकार, अहमता  नदेखाउन पूर्व मन्त्री
यादबले खेलाडीलाई अनुरोध गरेका छन् ।

 

 

प्रदेश सरकारले यथाशिघ्र खेलकुदको कानुन बनाई खेलकुद क्यालेन्डर बनाउनेतर्फ अगाडि बढिसकेको बताए ।
उनले सार्क खेलमा सहभागी उत्कृष्ट खेलाडीलाई पनि प्रदेश स्थापना दिवसमा सम्मान गरिने बताए ।

खेलकुदको माध्यमले उच्च सम्मान  समेत पाउन सक्ने भन्दै युवाले यसमा  चासो बढाउनु पर्ने बताउँदै उनले खेलकुदमा राम्रो हुँदा पनि खाडी मुलक जानू पर्ने अवस्था दु:खद रहेकोमा यसलाई रोक्ने प्रयासमा लाग्न आग्रह गरे ।

 

राष्ट्रिय भलिबल खेलकुद धनुषाका सह-प्रशिक्षक श्रीप्रसाद यादवले खेलमा खेलाडीहरुले अनुशासन तरिका खेलि दिनुपर्ने समेत आग्रह गरेको छ । यस गाउँमा  प्रत्येक साल
खुल्ला पुरुष भलिबल प्रतियोगिता अायाेजाना भइ रहेको समेत उनले बताए ।

साे खेलकाे विजेता कचुरि रहेको छ ।प्रथम हुने टिमलाई नगद ५० हजार तथा प्रमाण पत्र , मेडल, सिलड कप समेत प्रदान गरिएको छ । दोस्रो हुनेलाई नगद ३० हजार तथा प्रमाण पत्र , मेडल, सिलड कप प्रदान गरेको छ । तेस्रो हुनेलाई नगद २० हजार तथा प्रमाण पत्र , मेडल, शिल्ड  कप प्रदान गरेको छ।

कार्यक्रममा वडा अध्यक्ष जिवछ यादव, ललित मण्डल, अवधेश यादव, लगायतका नेता कार्यकर्ता सभागिता थिए ।