चुनावी तयारीमा नवीन झा , शिक्षास्वास्थ्य सहित नेट फ्री हुने ।

  |

महेन्द्रनगर धनुषा ।
राष्ट्रिय प्रजातन्त्र पाटी जनकपुर उप-महानगरपालिकाको नगर सचिब नवीन झा आउँदो स्थानीय चुनावको तयारीमा रहेका छन् । हिन्दूत्व र राजवादी अभियान चलाउदै आइरहेका उनी युवाहरुमा लोकप्रिय् छन् । उनी जनकपुर उपमहानगरपालिका वार्ड नं. ७ को वार्ड पदका प्रत्यासी हुने करिब करिब फाइनल भएको छ ।

यता , उनको चुनावी एजेन्डा अन्य भन्दा केही फरक रहेको छ ।वार्डमा शिक्षा स्वास्थ्य लगायतका आधारभुत कुरामा पूर्ण ध्यानकेन्द्रित गर्ने देखि आफ्नो वार्डमा इन्टरनेट फ्री ‘स्मार्ट वार्ड’ निर्माण गर्ने रहेको छ।

‘अहिले यस वार्डमा ईन्टरनेट किन्नु पर्छ ,कोरोना कालमा बिद्यार्थीलाई निकै मुस्किल भा थ्यो तर यदि म बिजय भए पुर्ण त फ्री ईन्टरनेट हुने छ ।’ झाले भने ।

केही दिन अगाडि राप्रपाले  नगर समितिको सचिवमा नवीन झालाई मनोनीत गरेको छ । नवीन झालाई नगरसमितिले सर्व सम्मतले चयन गरेको हो ।

राष्ट्रबादी नगरिक समाजका उप-संयोजन रहेका झा बिगत ६ बर्ष देखि सामजिक कार्यमा रहेका छन् । कोरोनाको बखत राहत देखि जनकपुर सफाइमा समेत नेतृत्वदायी भूमिकाखेलेका झा कुम्हरौडा निबासी हुन् ।