काठमाडौं – आगामी मंसिर ३ गते करिब ६ शताब्दी यताकै सबैभन्दालामो अवधिसम्म चन्द्र ग्रहण लाग्दै छ। नोभिम्बर १९ मा लाग्ने यो चन्द्र ग्रहण सन् २०२१ को अन्तिम चन्द्र ग्रहण हुनेछ । पछिल्लो ५
सय ८० वर्षमा पहिलो पटक यति लामों अवधिको चन्द्र ग्रहण लाग्दै यो पटकको चन्द्र ग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ।
जो दिउँसो करिब साढे १ बजे उच्च बिन्दुमा पुग्नेछ । यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनैट २४ सेकेन्ड लामो हुनेछ। ५ सय ८० वर्ष यता यति लामो अवधिको चन्द्र ग्रहण लागेको थिएन।
यसअधि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्र ग्रहण लागेको थियो । अब यति लामो चन्द्र ग्रहण फेब्रुअरी २६६९ मा मा मात्र लाग्नेछ।
यो चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अस्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ। चन्द्र ग्रहण दिउँसो १ बजेर ३ मिनेटदेखि साँझ ४ बजेर ३२ मिनेटसभ्म रहनेछ खगोलविद्को दाबी अनुसार पृथ्वीबाट चन्द्रमाको अधिक दूरी भएका कारण चन्द्र ग्रहणको अवधि लामो भएको हो । चन्द्र ग्रहण पूर्ण देखिने भन्दा एक हल्का रेखाको रूपमा देखिन सक्छ
। आशिक चन्द्र ग्रहण भएकाले यसको सूतक काल पनिमान्य नहुनेधार्मिक मान्यता छ ज्योतिष शास्त्रमा चन्द्र ग्रहणलाई निकै महत्वपूर्ण मानिन्छ। खगोल ?विज्ञान अनुसार सूर्य र चन्द्रमाको बिचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ।धर्मशास्त्रअनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्र ग्रहण लाग्नेविश्वास गरिन्छ।
विज्ञान अनुसार सूर्य र चन्द्रमाको बिचमा पृथ्वी
गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदेन र
पृथ्वीको छाँया परछ भन्ने मान्यता रहिआएको छ । त्यसैलाई चन्द्र ग्रहण भनिन्छ।