तीन बर्से बालिका माथी बाबा बताउँने ७५ बर्षे वृद्धद्वारा बलात्कार गरेको अभियोग

  |

धनुषाको क्षिरेश्वरनाथ गरपालिका-९ स्थित ईच्छापुरबाट एक मन्दिर मा आश्रयलिने बाबालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
मन्दिरमा खेल्न गएकी तीन बर्षिय बालिकालाई सोही मन्दिरमा आएका एक बाबाले ब लात्कार गरेको आरोपमा पक्राउ गरेको हो ।
शुक्रबार बिहानै घरबाट मन्दिरमा खेल्न गएका ती बालिकालाई आफूलाई बाबा भन्ने अन्दाजी बर्ष ७५ को वृद्धले बालिकालाई ब लात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

विहानै यस्तो घटना हुँदा रुदैँ घर गएकी बालिकाले आमासँग भन्दा उनकी आमा जोडजोडले चिच्याएपछि छिमेकीहरु जम्मा भएको थियो । छिमेकीहरुले समेत थाहा पाएपछि भाग्नै लागेका ती बाबालाई समातेर प्रहरीलाई जिम्मा लगाएको बताइएको छ ।
घटना भएपश्चात गाउँमा हल्ला भएपछि आफूलाई बाबा भन्ने ती व्यक्ती मन्दिरबाट भाग्न खोजेका थिए । उनलाई गाउलेहरुको सहयोगमा तत्काल पक्राउ गरिएको थियो । उनलाई पक्राउ गर्नको लागि प्रहरीको टोलीपनि सँगै थियो ।

घटना बारे बिस्तृत अनुसन्धान हुँदै गरेको भन्दै मेडिकल रेपोर्ट आए पछि मात्र  अनुसन्धान गहिरो हुने इलाका प्रहरी  कार्यालयका निरीक्षक तिलक सुनारले जानकारी दिए ।