‘Save the Hinduism ,Save the humanity ‘नामको संस्थाद्वारा वृद्धालाई सहयोग

  |

जनकपुरस्थित जानकी वृद्ध आश्रमका वृद्धाहरुलाई  ‘save Hinduism ,Save humanity ‘ अर्थात ‘हिन्दुत्व बचाउँ ,मानबता बचाउँ ‘नामक अभियान समूहले चादर  सहयोग गरेको छ । चिसोबाट बचाउन भन्दै नवीन झाको उपस्थितमा उक्त अभियान समूहले २० थान चाँदर(शोल)  सहयोग गरेको हो ।

जाडो मौसममा  वृद्धलाई  चिसोले निकै असर  गर्ने गरेको भन्दै उक्त सहयोग गरेको   सामाजिक अभियन्ता बैष्णव सुदिप झाले जनाएका छन् ।

‘आमाहरु निकै वृद्ध हुनुहुन्छ ,उहाँहरु शारीरिक रुपमा करिब करिब निकै कम्जोर हुनुन्छ त्यसैले हामिले हाम्रा  युबाहरुबाट केही रकम उठाएर भए पनि उहाँहरुको स्वास्थ्यका लागि जाडो मौसममा  केहि चादर सहयोग गरेका हौ ‘ अभियन्ता झाले थपे ।

केही दिन आगाडी सो संस्थाले खाजा बितरण गर्दा वृद्ध आमाहरुले चिसो बढ्दै गएको हुँदा समस्या हुने भन्दै गुनासो पोखेका थिय । त्यस पश्चात् सुदिप झा सहितका युबाले आर्थिक संकलन गरेका थिए ।

सुदिप झा , मुन्नु झा,प्रेम झा ,नविन झा , सम्राट खनाल ,अखिलेश झा , सरोज राजवंशी मिश्रा ,राम भरोष महतो र असोक झा र सन्तोष मण्डल लगायतले सहयोग गरेका थिए । यस अभियान समूहले विभिन्न समयमा गरिब दु:खिका लागि सहयोग गर्ने गरेको छ ।