
न्युज अफ नेसन /रोहित खनाल ‘सम्राट् ‘
धनुषाको जनकपुर एयरपोर्ट बहिराबाट निकै आकर्षक देखिन्छ । केही समय अघि करिब ५० करोड खर्च गरि नयाँ टर्मिनल भवन स्थापना भयो । ५० करोडको लागतमा यो नयाँ टर्मिनल भवनको निर्माण भएपछि अब यात्रुलाई सहज हुने अपेक्षा गरियो।
यात्रुले खानेपानी, पार्किंग लगायतका सेवा पाउने भनियो ।जसो तसो यो टर्मिनल भवन बनाउन दुई वटा कन्स्ट्रक्सन कम्पनीले काम गरेर भए नि काम त पूरा भयो ।तर ,विमान स्थलमा जाने सेवा ग्राही बस्ने कुर्सीको भने दुर्दशा बिजोग रहेको छ ।
विमानस्थल पस्नु पुर्ब सेवाग्राही यात्रु बस्ने कुर्सी झट्ट हेर्दा कुनै सिनेमा हलको तीस चालीस बर्स आगाडी राखिने देखिन्छ । कुर्सीको हालत भने कुहिएको र सढेर हातले छुदा समेत पाप्रा आउने रहेको छ ।समयमा विमान नआउदा यात्रु प्रतीक्षा गर्न समेत सकस हुने गरेको छ ।
‘विमान स्थल हेर्दा करोडौको देखिन्छ तर बस्ने कुर्सि सडे गलेको , यो बिमानस्थलको लाचारीपन हो ‘ यात्रु पर्खाइमा रहेका एकले भने ।
यता बिमानस्थलको शौचालय समेत फोहोर रहेको छ ।सरसफाइको कमिले बगैंचामा समेत पान र गुट्काका थुका जताततै देखिने गरेको छ । उचित ब्यबस्थापन नपुग्दा यस विमान स्थाल अव्यवस्थित हुँदै गएको सर्बसाधारण बताउँछन ।