बिधुतका कर्मचारीको करेन्ट लागि मृत्यु

  |

रुपन्देही : जिल्लाको बुटवल उपमहानगरपालिकाको
निर्माणाधीन भवनमा करेन्ट लागेर एकजनाको मृत्यु
भएको छ भने दुई जना घाइते भएका छन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार उक्त
भवनमा विद्युत पोलबाट लाइन तान्ने क्रममा करेन्ट
लागेर विद्युत प्राधिकरण बुटवलका कर्मचारी बसन्त
भुसालको मृत्यु भएको जनाएको छ।

अर्घाखाँची घर भएका ४३ वर्षीय भुसालको उपचारक
क्रममा मृत्यु भएको हो। करेन्ट लाग्दा भवन निर्माणमा
दैनिक ज्यालादारीमा काम गर्ने रुपन्देही सम्मरीमाई
गाउँपालिकाका २८ वर्षीय जितेन्द्र लोध र बर्दिया
राजापुर नगरपालिका-१६ का २८ वर्षीय राजगोपाल
चौधरी घाइते भएका छन्।

प्रहरी कार्यालय बुटवलका प्रमुख एवं डीएसपी
ठगबहादुर केसीले करेन्ट लागेर गम्भीर घाइते भएका
भुसालको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका
क्रममा मृत्यु जनाए। घाइते दुवैको अवस्था भने समान्य
रहेको उनले जनाए।