धनुषाको सहिद नगर नगरपालिका बलाबाखरमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
ज्ञान ब्रदान ईंग्लिश बोर्डइङ स्कुलकाे प्राङ्गणमा उक्त कार्यक्रमको अायाेजना गरेको थियोे ।
नैना होस्पिटल प्रा . लि र दिब्य क्लिनिक एण्ड डाईग्नाेषटिक. प्रा . लि काे संयुक्त आयोजनामा शिविर संचालनमा भएको हो ।
गणेश कुमार यादवकाे अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।त्यसै गरि प्रमुख अतिथिको रुपमा सहिद नगर नगरपालिका नगर प्रमुख उदय कुमार बरबरिया यादबकाे उपस्थित रहेको थियो ।
कार्यक्रम स्त्री तथा प्रस्तु राेग विषेशयज्ञ डा . इन्द्रजित कुमार रजतले ग्रामीण क्षेत्रका नागरिकलाई धेरै समस्या भोग्नुपरेकाले यहा स्वास्थ्य शिविर सञ्चालन गरेको जनाउनु भयो ।
स्वास्थ प्रती सबै जनालाई जागरुक हुनुपर्ने जानकारी दिनुभएको छ ।
त्यस्तै कन्सलटेन्ट फीजीसिएन डा पंकज कुमार साहले यस ठाउँका मानिसहरु धेरै पछाडि परेको र सहि समयमा चेकजाँच नहुदा स्वास्थमा समस्य अाएकाे बताए ।
शिविर संचालन गर्दा युवाहरु तथा स्थानीयकाे धेरै सहयोग भेटेको बताए ।
ज्ञान ब्रदान ईंग्लिश बोर्डइङ स्कुलकाे प्रधानयापक गणेश कुमार यादवले शिक्षा विकाश हुदा मात्रै समाजको विकाश हुने उनलेबताए । समाजका कमि कमजोरीलाई सुधारेर अगाडि बढनु पर्ने समेत धारण राखेको थिए । अगामि दिनमा पनि यस्तै स्वास्थ शिविर संचालन गर्ने यादवले प्रतीबधता जनाउनु भयाे ।
लेब टेक्नीसिएन सराेज यादवले ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको बताए । उनले गाउँघरमै विशेषज्ञ सेवा दिने उद्देश्यले शिविरको आयोजना गरेको बताए।
गाउँघरमै निशुल्क शिविर सञ्चालन हुँदा स्थानीयलाई सजिलो भएको समेत सराेज यादवले जानकारी दिनुभएको छ ।
स्वास्थ्य शिविर ६५० जना विरामीहरुले सेवा लिएको यादवले जनाए ।
शिविरमा बालरोग विशेषज्ञ, हाडजोर्नी तथा नशारोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, जनरल फिजिसियन, सेवा समेत प्रदान गरिएको थियो ।
साे कार्यक्रम डा. इन्द्रजित कुमार रजत, डा पंकज कुमार साह डा . अार के गाेईत , डा . अभय मण्डल, उमेश राउतकाे टाेलि उपस्थित रहेको थियोे ।
कार्यक्रममा सहिद नगर नगरपालिका नगर प्रमुख उदय कुमार बरबरिया यादब,नेकपा माओवादी केन्द्र प्रदेश २ का सचिव शर्वन बरबरिया , वडा अध्यक्ष तेजु लाल यादव , स्थानीय सहितको उपस्थिति रहेको थियोे ।