भंगहामा माओबादीको नगर अधिवेशनमा अन्तरिक किचलो

  |

भंगाहा नगरपालिकामा नेकपा माओबादीभित्र आफैंमा किचलो देखिएको छ । नेकपा माउबादी केन्द्रको प्रथम नगर अधिवेशनमा दुई पक्ष बिच तानातान देखिए पछि किचलो रुपमा परिणात भएको हो ।

मंसिर १६ गते पूर्ब शिक्षा तथा बिज्ञान तथा प्रबिधी मन्त्री गिरिराज मणि पोखरेलको प्रमुख अतिथ्यतामा बसेको बैठकले नगर अधिवेसनले सर्ब सम्मत चयन गर्ने भनिएता पनि पूर्व संयोजक तथा सभापतिका दाबेदार रहेका रकि भनिने राजेन्द्र सिंह  र बद्री यादव बिच को सभापतिको बन्ने विषयमा बिबाद चुलिदा पार्टीको अधिवेशनमा नै असन्तुष्ट पैदा भएको हो ।

दुबैले आपसी सर्बसम्मत रुपमा सभापती चुनिने भनियाता पनि पछि बहुमतको प्रक्रिया अपनाएका थिए ।तर,बद्री  यादव  बिजय भए पश्चात् राजेन्द्रले उनको बिजय स्वीकार्न नचाहेको माउबादी केन्द्रिय कमिटीका सल्लाहकार रहेका लालबाबू यादवले बताएका छन् ।

‘खासमा राजेन्द्र जि लाई बहुमतको अधारमा उहाँ अगाडि नआएपछी हामिले बद्री जि लाई स्विकार्न तयार भयौ तर उहाँको जिद्दीपनले केही बिबादमा परेका हौ ‘ माओबादी केन्द्र कमिटीका सल्लाहकार यादबले भने ।

‘नगरकमिटीको निर्णय विरुद्ध जानू राम्रो हैन राजेन्द्र जिले  आफ्नो तालले निर्णय गर्नु लोकतान्त्रिक मूल्य मान्यता विरुद्ध पर्दछ। झट्ट हेर्दा उहाँलाई बिपक्षीले साथमा लिएर माउबादी कम्जोर पार्न खोजेको जस्तो देखियो । ‘
यादवले थपे ।यता, राजेन्द्र पक्षले एकलौटी रुपमा आफुलाइ सभापति घोषणा गरेको भन्दै माउबादी निकट कार्यकर्ताले असन्तुष्ट ब्यक्त गरेका छन् ।राजेन्द्र पक्षले ९ र बद्री पक्षले ५६ बहुमत प्राप्त गरे पछि बद्री पक्ष मजबुत बनेको हो ।